चितवन सेरोफेरो
चितवन, साउन १७। पहिरोले अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको छ । आज साँझसम्ममा पहिरो हटाएर सडक संचालनमा ल्याउने प्रहरीको तयारी थियो ।गयराति ११ बजेको समयमा भरतपुर महानगरपालिका–२९, केराबारीस्थित मौरी खोला पुलमा खसेको पहिरो...
चितवन, साउन १७। चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा पहिरो खसेको छ ।केहीबेर अगाडि पहिरो खसेपछि अहिले पृथ्वीराजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस क्षेत्रमा पनि ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएको छ । यस्तै...
चितवन,साउन १७। नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।नवलपुरका...
चितवन, साउन १६। नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माण चार वर्ष पूरा हुदा पनि सकिएको छैन । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साउन १६गते जादा पनि निर्माण पूरा हुन नसकेको हो । निर्माणमा खटिएका...
भरतपुर,साउन १६। चितवनमा विकास निर्माणका लागि विनियोजन भएको बजेटको ५३ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदनअनुसार सङ्घ र प्रदेशको पूँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको हो ।आर्थिक वर्ष २०७८/७९ मा...
चितवन,साउन १६। चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गयरातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् । रेडरुफ,न्यूरो,ग्रिन भिउ,बेम्बो...
चितवन,साउन १६। नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना...
चितवन,साउन १६। प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले (बिहान ६ बजे) मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा...
चितवन, साउन १५। उद्योग व्यवसाय सञ्चालनमा बजारशास्त्रको भूमिका विषयमा चितवनमा छलफल भएको छ ।मार्केटिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तित्व प्रा.डा.तुलसी धरेल र चितवनका उद्योगीहरुबीच परिचयात्मक एवम् उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा आज छलफल भएको हो । चितवन उद्योग संघका उपाध्यक्ष...
चितवन,साउन १५ । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जल्लाका साना...








