नारायणी नदीको पुलबाट हामफालेका ४९ वर्षिय पुरुषको सकुशल उद्धार
न्युजभित्तो/८ भाद्र २०७९, बुधबार १७:५९
चितवन, भदौं ८ । नारायणी नदीको पुलबाट हात फालेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ । मध्यान्ह १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका ४ बैद्धिक टोल बस्ने ४९ वर्षीय बाबुराम आचार्यलाई नदीबाट उद्धार गरिएको हो ।
घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालय नारायणगढ र विपत व्यवस्थापनको उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आचार्य बोल्न सक्ने अवस्थामा रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । हिजो मात्रै एक युवती नदीमा हाम फालेर वेपत्ता भएकी छन् ।