सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा मिटरब्याज पीडित १६ जनाले दिए उजुरी


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार १५:४६ 
  • चितवन,भदौं ८। गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् ।

    उजुरीको बारेमा जाँचबुझ भइरहेको उहाँले जानकारी दिनुभयो ।मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवार विचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो ।

    सोही निर्देशनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.