विपन्नलाई सहयोग गर्न भरतपुर १२ वडा कार्यालयमै दानपेटिका
न्युजभित्तो/१० भाद्र २०७९, शुक्रबार १५:३१
चितवन, १० भदौ । वडामा रहेका आर्थिक रुपमा विपन्न र असहायलाई सहयोग गर्न वडा कार्यालयमै दानपेटिका राखिएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ को कार्यालयमा दानपेटिका राखिएको हो । जिल्लामा समाजसेवामा परिचित वडा अध्यक्ष हरि पन्तले धनीसँग सहयोग जुटाएर गरिबलाई राहत दिन दानपेटिका राख्नु भएको हो ।
त्यसो त पन्त स्वयं गरिब, असहायहरुका लागि चिनिएको दाता हुनुहुन्छ । वर्षेनी लाखौं रुपैयाँ उहाँले दानमा खर्च गर्नुहुन्छ । उहाँले वडाअध्यक्ष वापत पाउने सबै सुविधा गरिब, असहायका लागि दान गर्दै आउनु भएको छ । आफूले मात्रै नभएर वडाका मन भएका धनीहरुलाई गरिब असहायको सहयोगी बनाउन दान पेटिका राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तीज लागेपछि मात्रै मैले पाँच लाख रुपैयाँ दिदीबहिनीहरुलाई सहयोग गरिसकेँ ।”
दान पेटिकाको रकम भने सर्वदलीय समितिले निर्णय गरेर असहाय, गरिबहरुलाई मात्रै सहयोग गर्ने उहाँको भनाई छ । त्यसो त यसै महिना सतगत र क्रिया खर्च भएका दुई परिवारलाई आफैले खर्च दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दिनहुँ वडामा सहयोग माग्नेहरु आउनुहुन्छ, सहयोग गर्ने वडाको बजेट हुँदैन । सहयोग आवश्यक पर्नेलाई सहयोग पु¥याउन दान पेटिका राखेका हौं ।”
यस्तो सहयोग लिन भने वडावासी नै हुनुपर्ने नियम रहेको छ । वडा अध्यक्ष पन्तको संयोजकत्वमा सबै दलका प्रतिनिधि रहेको सर्वदलीय समितिले निर्णय गरेपछि यस्तो सहयोग दिने गरिएको छ । समाजसेवी नारायण सिंह कुँवरले नगद पाँच हजार पाँच रुपैयाँ राखेर शुरु गरिएको दान पेटिकामा पहिलो महिनामा नै करिब ७० हजार रुपैयाँ जम्मा भएको छ ।
गरिब, विपन्न तथा असाहय साथै न्यून आयस्रोत भएका घर परिवारलाई सहज होस् भन्ने उद्देश्यले दान पेटीकाको स्थापना गरिएको अध्यक्ष पन्त बताउनुहुन्छ । अध्यक्ष पन्तले भरतपुरको जागृतिचोकमा रहेको हिमालयन निमाविलाई २१ लाख, बाग्लुङको मुलपानीमा रहेको विद्यालयलाई १५ लाख, भरतपुर ११ को गणेशधामलाई १५ लाख रुपैयाँ लगायत विभिन्न ठाउँमा आर्थिक सहयोग गर्दै आउनु भएको छ । उहाँले एक चेपाङ छात्रालाई नर्सिङ पढाईको सम्पूर्ण खर्च व्यहोर्नु भएको थियो ।
दान गर्दा आत्मसन्तुष्टि मिल्ने बताउँदै उहाँले आमा समूह, क्लब, मठमन्दिर लगायत पढ्न नपाएका, खान नपाएका, काजक्रिया खर्च गर्न नसकेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।