सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए


  •    न्युजभित्तो/१० भाद्र २०७९, शुक्रबार ११:४२ 
  • चितवन, भदौ १०। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ ।कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नामावली अद्यावधिक गर्न लागिएको हो । १३ गतेदेखि १५ गतेसम्म मतदाता नमावलीमा रहेको त्रुटि सच्याउने, झुटा विवरण दिई नामावलीमा नाम दर्ता गराएको भए उजुरी दिने, मतदाताको नाम एकभन्दा बढी जिल्लामा भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने रहेका छन् ।

    यस्तै १३ गतेदेखि १६ गतेसम्म नागरिकता त्याग गरेका वा मृत्यु भएका मतदाताको नामावली हटाउनको लागि सूचना दिने, बसाई सरी अन्यत्र गएको, मृत्यु भएको, नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट प्राप्त गर्न, १३ देखि १७ गतेसम्म उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका, रद्द भएका, बसाई सरी अन्यत्र गएका र मृत्यु भएका मतदाताको नामावली हटाउने निर्णय गर्ने छ ।

    यस्तै १६ र १७ गते हटाउने निर्णय भएका नामावली हटाउने, १७ र १८ गते उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइका लागि आएका मतदाताको नाम हटाउने वा राख्ने निर्णय गर्ने, त्रुटि सच्याउने र नाम हटाइएको सूचना कार्यालयमा प्रकाशन गर्ने रहेको छ ।

    जिल्लामा हाल चार लाख १२ हजार एक सय ६५ मतदाता रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । सो निर्वाचनमा भन्दा ५८ हजार एक सय २९ मतदाता थपिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.