सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरेः प्रचण्ड


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार १५:५० 
  • चितवन,भदौं ८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् ।

    चितवनको माडी नगरपालिका क्षेत्रमा रहेको हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा कसरी असफल बनाउने भनी षड्यन्त्र गरेको बताए ।‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने,‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हो त्यो सपना चकनाचुर भयो ।’

    ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र आफूलाई कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक कुनै काम नगरेको प्रचण्डको टिप्पणी थियो ।

    ‘पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रचण्डलाई चितवनमा कसरी असफल पार्ने भन्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा अर्का सहअध्यक्षबाट अरु केही भएन । म प्रष्ट भन्न चाहन्छु,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.