चितवन सेरोफेरो

चितवनमा सात महिनामा चौध गैँडा मरे
-न्युजभित्तो

चितवन,१० फागुन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...

सिक्टा नहर भत्किनुमा मन्त्री पाण्डेको दोष छैन
-न्युजभित्तो

चितवन,८ फागुन । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार रहेको शहरी विकास मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको कुनै दोष नभएको ठहर गरेको छ । विशेषले गत असारमा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै ठेकेदार कम्पनीको बदनियतका कारण नभई कमशल माटोका...

रत्ननगरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन,९ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । आज बिहान...

लागुऔषध गाँजा ओसारपसारमा संलग्न नाबालकसहित दुई जना पक्राउ
-न्युजभित्तो

चितवन,८ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध गाँजा ओसारपसारमा संलग्न एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने वर्ष ३० को अर्जुन दर्जी र एक नाबालक रहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी...

देवघाटमा पाँच अर्ब ९६ करोड लागतमा कालिका कालीगण्डकी जलविद्युत आयोजना बन्ने
-न्युजभित्तो

चितवन,८  फागुन । तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो ।...

भरतपुरमा गुण एयरको उडान हुन दुई हप्ता लाग्ने
-न्युजभित्तो

चितवन,७ फागुन । बिगत १० दिनदेखि बन्द रहेको गुण एयरको सेवा भरतपुर विमानस्थलमा पुनः सुरू हुन अझै दुई हप्ता लाग्ने भएको छ । जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको र...

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
-न्युजभित्तो

चितवन,७ फागुन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको...

हिउँद नसकिँदै गर्मी बढ्यो
-न्युजभित्तो

चितवन, ७ फागुन।  यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ...

किसानका माग सम्बोधन गर्न कृषि मन्त्रालयको चासो, भन्सारमा थप कडाइ गरिँदै
-न्युजभित्तो

काठमाडौं, ६ फागुन  । किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ । उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । चितवनको किसान संघर्ष समितिको मागलाई योजनाबद्ध रूपमा पूरा गर्न...

चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश फेला
-न्युजभित्तो

चितवन, ५ फागुन । चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंमृत गैंडाको अवषेश भेटियो छ । डिजिजन बन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै...