सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धनसँग रविको प्रस्ताव: १०० दिनमात्र सरकार चलाउन दिनुहोस्


  •    न्युजभित्तो/२१ चैत्र २०७९, मंगलवार १७:०४ 
  • चितवन,२१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले १०० दिन सरकार चलाउन सत्ता गठबन्धनसँग प्रस्ताव राख्ने बताएका छन्। चितवनमा आज भएको चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले १०० दिन सरकार चलाउन सत्ता गठबन्धनसँग प्रस्ताव राख्ने बताएका हुन् ।
    सभापति लामिछानेले १० सिट जितेको दललाई प्रधानमन्त्री दिने सत्ता गठबन्धनमा सहमति भएकोले त्यसभन्दा बढी सिट भएको रास्वपाले पनि सरकार सञ्चालन गर्न पाउनुपर्ने प्रस्ताव राख्ने बताए।

    सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री बनाउने समझदारी बनेको थियो।

    यसतर्फ लक्षित गर्दै लामिछानेले भने, ‘१० सिट जितेको, राष्ट्रिय दल नबनेकोलाई प्रधानमन्त्री बनाउने हल्ला सुनेको छु। म प्रस्ताव राख्न चाहन्छु- १० दलको गठबन्धनलाई, १० सिटको दललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति गर्नुभएछ। संविधानले दिन्छ कि दिँदैन थाहा छैन, १०० दिनमात्र सरकार चलाउन दिनुहोस्, मात्र १३ मन्त्रालय चलाएर देशमा थिति कसरी बसाल्ने देखाइदिन्छौं।’

    अहिले प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत चैत ६ र पुस २६ मा रास्वपाले विश्वासको मत दिएको थियो। रास्वपा पुस १० मा बनेको गठबन्धनबाट केही समय सरकारमा गए पनि सरकारबाट बाहिरिएको थियो।

    १० दलीय गठबन्धनले भने मन्त्रालय भागबन्डा गर्दा रास्वपालाई कुनै पनि मन्त्रालय छुट्टाएको छैन।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.