सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन २ मा ठूला तीन दल सहित २४ जनाले गरे उम्मेदवारी दर्ता


  •    न्युजभित्तो/२० चैत्र २०७९, सोमबार १८:२० 
  • चितवन, २० चैत । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन ठूला दल सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना स्वतन्त्र र नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहित १२ जना दलका उम्मेदवारले दर्ता गराएका हुन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    बाम लोकतान्त्रीक गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । श्रेष्ठको प्रस्तावकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी समर्थक रहनु भएको छ ।

    उम्मेदवारी दर्ता पछि पत्रकारहरुसंग कुराकानी गर्दै श्रेष्ठले चितवन निर्वाचनको प्रयोगशाला नभएको बताउनुभयो । उपनिर्वाचनमा काङ्ग्रेसले जीत हाँसिल गर्ने भन्दै उहाँले अहिलेको प्रतिशपर्धा काङ्ग्रेस र एमाले बीचको हुने बताउनुभयो । श्रेष्ठको उम्मेदवारी मनोनयनका क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिनाको उपस्थिति रहेको थियो ।

    यस्तै नेकपा एमालेका तर्फबाट उम्मेदवार न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोख्रेल रहनु भएको छ । मनोनयन दर्ता पछि पत्रकारहरुसँग कुराकानी गर्दै न्यौपानेले हावाहुरीको पछी जनता नलाग्ने बताउनुभयो । आफ्नो गुमेको शाख यसपाली एमालेले फिर्ता गर्ने भन्दै उहाँले आफ्नो प्रतिशपर्धी कोही नभएको बताउनुभयो । न्यौपानेको उम्मेदवारी मनोनयनका क्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र पोलिटव्यूरो सदस्य गोकुल बास्कोटा, काशिनाथ अधिकारी लगायतका नेताको उपस्थिति रहेको थियो ।

    यस्तै राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा सिता ज्ञवाली र समर्थकमा बिक्रम श्रेष्ठ रहनु भएको छ । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिंदै उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिशपर्धामा होस भन्ने चाहेको बताउनुभयो । प्रतिनिधि सभाको निर्वाचन पछि चार महिनामानै निर्वाचन हुनु दुःख लागेको भन्दै उहाँले निर्वाचनमा केही फरक नभएको बताउनुभयो ।

    नागरिकता प्रकरणमा उमेदवार बन्न नपाउने भन्ने कुरा गलत रहेको उहाँका दावी छ । उहाँले भन्नुभयो “मैले अमेरिकाको सिटिजनसिप सन् २०१८ मै त्यागेको हो । त्यो त्यागेको मितिले तीन महिना भनेर संविधानले भनेको हुँदा त्यसले मलाई असर गर्दैन ।”

    लामिछाने यस अघि भारी मतान्तरले निर्वाचित संघीय सासद हुनुहुन्थ्यो । उहाँको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसगैँ संसद पद पनि गएपछि अहिले उप निर्वाचन हुन लागेको हो ।
    गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत प्राप्त गर्नुभएको थियो ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चा नेपाल लगायतका दल र १२ स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र मध्ये दुई जना महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.