चितवन सेरोफेरो
चितवन,१६ फागुन । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका...
चितवन,१६ फागुन । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट पनि बाहिरिसकेको छ । एमालेबाट संघीय मन्त्री बनेका नेताहरुले राजिनामा बुझाइसकेका छन् । यता बागमती प्रदेशमा भने एमालेका मन्त्रीहरु बीच दुई धार देखिएको छ । बागमतीमा...
चितवन,१६ फागुन। नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो...
चितवन,१५ फागुन। आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको...
चितवन, १४ फागुन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलब एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न...
माडी (चितवन), १४ फागुन । होटल ब्यबसायी संघ चितवन, माडी इकाईले आयोजना गरेको एक हप्ते व्यक्तित्व विकास एवम् उद्घोषण तालिम शनिबार सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ, चितवनको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । माडी इकाइका अध्यक्ष गोपाल श्रेष्ठको...
भरतपुर, १४ फागुन । ब्राइट स्टार नेपाल चितवनको चौथो वार्षिक साधारणसभा तथा अधिवेशसन शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको संस्थाले एक कार्यक्रमबीच वार्षिकोत्सव सम्पन्न गरेको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर...
चितवन,१३ फागुन। चितवनको नारायणी किनारमा व्यवसायी दुर्गा प्रसाईंको अभियान सुरु भएको छ ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल’ले आज आमसभा गरेको हो । नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै महाअभियान घोषणा गरेका व्यवसायी प्रसाईंले वित्तीय संस्थाबाट आजित...
चितवन, १२ फागुन । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा पर्यटकीय नगरी सौराहामा आज मध्यान्ह जंगली हात्तीको आक्रमणमा परी ईजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय समुएल बोईकानर रहेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ हात्तीसार...
चितवन, ११ फागुन। खैरहनी नगरपालिकाको समन्वयको कमीले आजदेखि हुने प्रथम क्रिकेट एकेडेमी लिग क्रिकेट प्रतियोगिता रोकिएको छ । खेलको लागि वडा नं. ५ स्थित निर्माणाधिन खैरहनी रंगशाला उपलब्ध गराउने अनुमति दिएको पालिकाले ठेकेदार कम्पनीसँग समन्वय नगरिदिँदा प्रतियोगिता रोकिएको हो । प्रतियोगिताको लागि...












