लामिछानेले भने: ‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’
न्युजभित्तो/२१ चैत्र २०७९, मंगलवार १४:०८
चितवन,२१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले आफुलाई जति मुद्दा हाले पनि आफू नडराउने बताए।
‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’, लामिछानेले भने, ‘म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’
आफूले पुराना भ्रष्टाचारको फाइल खोल्ने भनेर संसदमै उद्घोष गरेकाले आफूलाई सिध्याउन भएभरको स्रोत साधन लगाइएको लामिछानेको आरोप छ । आफूले कुनै अपराध नगरेको भन्दै उनले आफ्नो अवस्थाबारे कुनै नलुकाइ इमानदारिता पूर्वक बताएको उल्लेख गरे।