सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको खैरहनीमा नेविसंघ कार्यकर्ता कुटिए, घटनाको छानबिन होस्: नेपाली कांग्रेस


  •    न्युजभित्तो/२१ चैत्र २०७९, मंगलवार १६:५२ 
  • चितवन,२१ चैत । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज मंगलबार विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति विवेक अर्याललाई कुटपिट भएकोले छानबिन गर्न माग गरेका हुन् । रामपुर क्याम्पसमा नेविसंघको बहिस्कारका बीच गत चैत १७ गते क्याम्पसमा स्ववियु चुनाव भएको थियो ।

    ‘नेविसंघ रामपुर कृषि क्याम्पस खैरहनीका कार्यवाहक सभापति एवम् स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ र उहाँ गम्भीर घाइते हुनु भएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
    चैत १७ मा प्रहरीको कुटपिटबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र सुरज यादव गम्भीर घाइते भएको पनि कांग्रेसको दाबी छ । उक्त घटनाको यथार्थ छानबिनका साथै स्ववियु चुनाव रद्द गरी पुनः निर्वाचन गराउन कांग्रेसले माग गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.