चितवन सेरोफेरो

आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी थापा
-न्युजभित्तो

नारायणगढ, १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय चितवनबाट पहिलोपटक भरतपुर महानगरपालिका १२ का बिशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा । साथमा बिशालकी आमा मायादेवी उपाध्याय । स्वघोषणाको आधारमा नागरिकता ऐन २०७९ र नियमावली २०८०...

चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल
-न्युजभित्तो

चितवन, १४ कात्तिक । चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेकोे...

विद्युत महशुल नबुझाउने चितवनका २७६ ग्राहक कालोसूचीमा
-न्युजभित्तो

चितवन, १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता...

देवघाटका सामुदायिक वनमा बाँदर भुलाउन फलफूल खेती
-न्युजभित्तो

भरतपुर (चितवन), १३ कात्तिक । देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जङ्गलमा फलफूलका बिरुवा रोप्न थालेको हो । जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर...

चेपाङ समुदाय ऋण काढेर दशैं मनाउँदै
-न्युजभित्तो

चितवन, ४ कात्तिक। जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दशैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दशैं मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन । गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल...

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’
-न्युजभित्तो

चितवन, ३ कात्तिक । बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् । कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका...

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन
-न्युजभित्तो

चितवन, ३ कात्तिक । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल...

दसैंमा चितवनका पठाओ चालकलाई ३ वटा खसी र ५१ हजार नगद पुरस्कार
-न्युजभित्तो

चितवन, १ कात्तिक । पठाओ दशैं महोत्सव-२०८० अन्तर्गत चितवनमा पठाओ नेपालका बाइक राइडरद्वय प्रज्वल बिडारी र जीभराज चौधरी साथै टुकटुक चालक भैरव लौडरीले खसी उपहार पाएका छन् । यस्तै टुकटुक चालक भुवन भण्डारीले बम्पर उपहारमा ५१ हजार रुपैयाँ जितेका...

चितवनमा सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो
-न्युजभित्तो

चितवन, १ कात्तिक। जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भौसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२...

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन
-न्युजभित्तो

चितवन, १ कात्तिक । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ। नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे।   सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन...