सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधन ‘धामीको मन्त्र’ जस्तोः अध्यक्ष ओली


  •    न्युजभित्तो/१३ पुष २०८०, शुक्रबार १५:०३ 
  • तिलक रिमाल

    कालिका (चितवन), १३ पुस । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई ‘धामीको मन्त्र’ जस्तो भएको बताउनु भएको छ । चितवनको कालिका नगरपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको बताउनु भएको हो ।

    उहाँले प्रधानमन्त्रीले यो एक वर्षको अवधिमा के–के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको बताउनुभयो ।

    “एक पाथी जाने भाडोमा दुई माना दूध उमाल्दियो भने भाँडामा नअटेर पोखिन्छ क्यारे ।” अध्यक्ष ओलीले भन्नुभयो “माओवादी त्यस्तै उम्लिएर भाँडामा पोखिएको पार्टी हो । मान्छेले पत्याएका थिएनन्, बल्ल थाहा भयो, उम्लिएर पोखिएको रहेछ ।”

    ओलीले काम गरेर देखाएको र भिजन भएको पार्टी एमाले भएको बताउनुभयो । जनतालाई सचेत र संगठन गर्ने अभिभारा एमालेमा रहेको बताउनु उहाँको भनाई थियो । देशको सार्वभौम सत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा एमालेमा रहेको भन्दै उहाँले भन्नुभयो “यसमा हामी दृढ छौं, हामी स्पष्ट छौं ।”

    अध्यक्ष ओलीले भन्नुभयो “कसैले जालझेल गर्न खोज्ला, कसैले ढाँटछल गर्न खोज्ला, कसैले लुकिछिपी नचाहिदो काम गर्ला, एमालेले दुविन लगाएर पाईलापाईलामा हेरेको छ । नराम्रा काम गरेर उम्किन्छु भन्ने कसैले नसोचे हुन्छ ।”

    उत्तरतर्फको सडक खोल्न एमालेको सरकारले मात्रै सकेको भन्दै उहाँले भन्नुभयो “उत्तरतिर चीन थियो, बाटो खोल्न एमालेको सरकार चाहियो, चीन पहिलेदेखि नै त्यहाँ थियो त बाटो किन नखोलेको ? अरुसँग त्यो क्षमता छैन ।”

    ६० वर्षदेखि नेपाली भूभाग कालापानी र लिम्पियाधुरा भारतले कब्जा गरेर राखेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो “कोही किन बोलेन, राजा महारा किन बोलेनन् ? अरु किन बोलेनन् ?” राजा र देशभक्ति नभएका राजनीतिक दलका नेताहरुको शासनकालमा विदेशी रिजाएर शासन गर्ने र सत्तामा टिकिरहने मात्रै उद्देश्य भईरहँदा हाम्रो भूमि फिर्ता लिन कोही नबोलेको उहाँको भनाई थियो ।

    अधयक्ष ओलीले एमालेको सरकारका पालामा मदन भण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न शुरु गरेको, रेलको बाटो शुरु गरेर जनकपुरसम्म रेल ल्याएको भन्दै उहाँले भन्नुभयो “हामीले जनताको चेतनामा बेग्लै खालको उर्जा ल्यायौं ।” उहाँले प्रश्न गर्दै थप्नुभयो “केटाकेटी, बुढाबुटी, युवा, विद्यार्थी, महिला दिदी बहिनी कुन समुदायलाई एमालेले हेरेन ?”

    आफूहरुले विकासको लहर ल्याएको भन्दै उहाँले जनतामा विकासको चेतना विकास गराएको बताउनुभयो । उहाँले भन्नुभयो “विश्वको ध्यान हामीप्रति गएको थियो । विश्व ध्यान हामीलाई तानेको थियो, ‘नेपाल दक्षिण एशियामा उदाउँदो तारा हो’ भनेर ।” आफ्नो प्रधानमन्त्रीत्व कालमा आर्थिक बृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “हामी विश्वका छिटो विकास गरिरहेका १० वटा देशभित्र पथ्र्याै । त्यहाँ पु¥यायौं । तर हाम्रा विरुद्ध षड्यन्त्र भयो ।”

    एमाले नेपाली जनताको पार्टी भएको भन्दै उहाँले भन्नुभयो “हाम्रो आन्दोलन नेपाली जनताको, परिवर्तनको आन्दोलन हो । देशलाई समृद्ध बनाउने आन्दोलन हो । जनतालाई सुखी बनाउने आन्दोलन, जनताका समस्या समाधान गर्ने आन्दोलन हो ।”

    दुनियामा कम्युनिष्ट सिद्धियो भनिएका बेला सात वटा मध्ये ६ वटा प्रदेशमा कम्युनिष्ट सरकार बनेको भन्दै उहाँले लगभग दुई तिहाईको सरकार बनाउन सफल भएको स्मरण गराउनुभयो ।

    जनतालाई सचेत र संगठत गर्ने अभिभारा एमालेमा रहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो “काम गरेर देखाएको, भिजन भएको पार्टी एमाले हो । सबैभन्दा लोकप्रिय पार्टी एमाले बन्नुमा चितवनको योगदान कम्ती छैन ।”

    “देश उठेको छ, जागेको छ, फेरि पनि जाग्छ, एमाले सिध्याउँछु भन्दा कसैले सिध्याउँन नसकेर यति भयो” उहाँले थप्नुभयो “अब त सिद्धिन्छ एमाले भन्ने होइन, एमाले मात्रै हो देशलाई बचाउने ।” उहाँले आत्मविश्वासका साथ अघि बढ्न एमालेका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि सुझाव दिनुभयो ।

    कहिलेकाही सूर्यमा ग्रहण लाग्ने भन्दै अध्यक्ष्य ओलीले भन्नुभयो “ग्रहण सधैं लाग्दैन । अब ग्रहण लाग्दैन, अब अगाडि बढ्छ ।”

    उहाँले कांग्रेस र माओवादीलाई धार्नी र बिसौलीको उपमा दिनुभयो । उहाँले भन्नुभयो “अहिले एक धार्नीको कांग्रेस, बिसौलीको माओवादी, यस्तै छन् धार्नी बिसौलीवाला ।” उहाँले थप्नुभयो “माओवादी कांग्रेस पार्टीबीच अहिले छलफल चलिराख्या छ, जनताका बीचमा के भन्न जाने हो ? कुन मुखले जाने, के कुरा लिएर जनताकहाँ जाने ? कांग्रेसका केन्द्रीय बैठकहरुले त्यसको समाधान पाएका छैनन् । तर हाम्रो पार्टीको काँधमा यो देशको राष्ट्रियताको रक्षा गर्ने अभिभारा छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.