पुस १३ गते एमाले अध्यक्ष ओली चितवन आउने, कालिकाका विभिन्न कार्यक्रममा सहभागी हुने
न्युजभित्तो/११ पुष २०८०, बुधबार १७:३०
चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पुस १३ गते चितवन आउनु हुने भएको छ । कालिका नगरपालिकामा रहेको भीमोदय माविको स्वर्णमहोत्सव समारोहमा सहभागी हुनका लागि अध्यक्ष ओली चितवन आउन लाग्नु भएको हो ।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार अध्यक्ष ओली १३ गते बिहान ११ बजे भरतपुर विमानस्थल आइपुग्ने र त्यसपछि कालिका नगरपालिका जाने कार्यक्रम तय भएको छ । कालिका नगरपालिकाको खोलेसिमलमा एमाले कार्यकर्ता भेटघाटमा सहभागी भएपछि अध्यक्ष ओली विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ ।
पूर्व प्रधानमन्त्री ओलीले विद्यालयमा बनेको स्वर्णद्वार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सव समारोहको दिन बाजागाजासहित विभिन्न जातजातिका झाँकी निकाल्ने तयारी छ । २५ हजार भन्दाबढी चन्दादिने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।