सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“संसार हेर्नलाई अर्को देश जानु पर्छ, म भन्छु संसारले मलाई हेर्न आयो”


  •    न्युजभित्तो/१३ पुष २०८०, शुक्रबार ०८:११ 
  • चितवन, १२ पुस । ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताउनुभएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर खोज्दै पुग्नुभयो । उहाँलाई जागिरका लागि चितवन जान भनियो । 

    भट्टराईका स्वकीय सचिव हरिप्रसाद उपाध्यायले न्यौपानेलाई चितवन जान सक्छौँ ? भनेर सोध्नुभयो । “काठमाडौँमा हुर्किएको मलाई त्यहाँको काम जनावर देखाउनुपर्छ भनियो, मलाई प्रकृतिसँगै काम गर्ने चाहना थियो, मैले स्वीकार गरेँ”, न्यौपानेले विगत सम्झँदै भन्नुभयो । उपाध्यायले कसैलाई भनेर आफूलाई चितवन पठाएको उहाँले बताउनुभयो ।

    “काठमाडौँमा मोटरसाइकल चढेर क्याम्पस जाने म, अब निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउन तयार भएँ”, न्यौपानेले भन्नुभयो । काठमाडौँको बौद्धका न्यौपानेले सन् १९८९ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको चितवन जङ्गल लजमा रू एक हजार दुई सय तलबमा चेनर गाईडका रुपमा जागिर सुरु गर्नुभयो । 

    न्यौपानेले त्यसपश्चात् आफ्नो वाइल्डलाइफ क्यारियर सुरु भएको बताउनुभयो । त्यसमा उहाँले १० वर्ष काम गर्नुभयो । उहाँले भन्नुभयो, “त्यो बेलामा दरबारिया तथा उच्च ओहोदाका व्यक्ति, राजा, राजकुमार यहाँ घुम्न आउनुहुन्थ्यो । उहाँहरु मेघौली टाइगर टप्स जानुहुन्थ्यो । कहिलेकाहीँ चितवन जङ्गल लज तिर पनि आउनुहुन्थ्यो ।”

    त्यहीँको अनुभवले उहाँलाई चितवन राष्ट्रिय निकुञ्जभित्रको अर्को होटल गैँडा वाइल्डलाईफ क्याम्पको महाप्रबन्धक बनायो । यो होटलमा राजपरिवारदेखि अन्य उच्च ओहोदाका व्यक्तित्व पाहुनाका रुपमा आउने गर्दथे । न्यौपानेले महाप्रबन्धक भएर काम गर्न क्रममा पूर्व राजाहरुलाई नजिकबाट चिन्ने अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “राजपरिवारका सदस्यसँग निकट भएर काम गर्ने अवसर मिल्यो ।” सरकारले होटल बन्द नगरेसम्म आफ्नो पर्या–पर्यटनको अनुभवलाई यही प्रयोग गरेको भन्दै यहाँ दश वर्ष काम गरेको उहाँले सुनाउनुभयो ।   

    सरकारले निकुञ्जभित्रका होटल बन्द गरेपछि साथीहरुसँगको सहकार्यमा भरतपुरको जगतपुरमा जग्गा किनेर ईको वाइल्डलाईफ लज खोलेको न्यौपानेले जानकारी दिनुभयो । उक्त लज उहाँले आठवर्ष सञ्चालन गर्नुभयो । भूकम्प र नाकाबन्दीले नेपालमा पर्यटक कम हुन थालेपछि त्यहाँबाट बिदा लिइएको उहाँले बताउनुभयो ।

    न्यौपाने चेनर गाईडका रुपमा काम गर्दा उहाँले मुख्य रुचिको विषय पर्यटकलाई चरा देखाउनु थियो । सानैदेखि उहाँको चरामा रुचि थियो । उहाँले आफ्नो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरणसमेत गर्दै आउनुभएको छ । 

    न्यौपाने अहिले नाथम कलेज रवि भवनमा नेपालका वन र वन्यजन्तुका बारेमा नेचर गाईडलाई पढाउनुहुन्छ । स्नातक र स्नातकोत्तर पढ्दै गरेका उहाँका विद्यार्थी हुन्छन् । यिनै अनुभवले आफूलाई प्रकृतिसँगै पर्यटनसँग जोड्न सहयोग पु¥याएको उहाँको भनाइ थियो । 

    निकुञ्जभित्रका होटल बन्द भएपछि निकुञ्जभित्रको स्वाद दिने उद्देश्यले सौराहा नजिकै कुमरोजमा सिद्धार्थ भिलासा वनबास नामक होटल उहाँले सञ्चालन गर्नुभएको छ । अहिले न्यौपाने उक्त होटलको महाप्रबन्धक हुनुहुन्छ । जीवनको तीन दशक लामो यात्रामा एक सयभन्दा बढी देशका मानिससँग सङ्गत गरेको उहाँले बताउनुभयो । 

    न्यौपानेले भन्नुभयो, “त्यतिबेला प्रविधि नभएकाले परिचित सबैसँग अहिले सम्पर्क हुन सकेको छैन । आफ्नो तीन दशकको जीवनअवधिमा एक सय बढी देशका व्यक्तिसँग सङ्गत गरेको छु ।” पछिल्ला दिनमा सामाजिक सञ्जालबाट धेरैसँग जोडिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

    विश्वका धेरै देश आफू स्वयं पुगेको बताउँदै न्यौपानेले आफ्नो जीवनभर पर्या–पर्यटनसँग जोडेर काम गर्ने योजना रहेको सुनाउनुभयो । पर्यटन क्षेत्रमा व्यवस्थापकीय पाटो महत्त्वपूर्ण हुने उहाँको अनुभव छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.