चितवन सेरोफेरो

भृकुटी बोर्डिङ बन्यो आधारभूत तहमा भरतपुर महानगरकै उत्कृष्ट
-न्युजभित्तो

भरतपुर, २१ असोज । भरतपुर महानगरपालिकामा संस्थागततर्फको आधारभूत तह (कक्षा ८) मा भृकुटी बोर्डिङ स्कुल उत्कृष्ट भएको छ । २०७९ सालको आधारभूत तहमा उत्कृष्ट भएको भृकुटी बोर्डिङलाई भरतपुर महानगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान गरेको हो । भरतपुर–३ कमलनगरमा रहेको...

३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल
-न्युजभित्तो

चितवन,२१ असोज । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल...

‘रिगलको बिषयमा आफुलाई केही थाहा छैन’: अर्थमन्त्री डा. महत
-न्युजभित्तो

चितवन, १९ असोज। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन चितवनले शुक्रबार(आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री...

माडीमा जङ्गली हात्तीको आतङ्क
-न्युजभित्तो

चितवन, १९ असोज। चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् । विगत तीन दिनदेखि हात्तीको आतङ्कले स्थानीय...

भरतपुर बाइपास रोडमा वृक्षरोपण गर्न त्रिपक्षीय सहमति
-न्युजभित्तो

चितवन, १८ असोज। भरतपुर बाइपास रोडअन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न त्रिपक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक...

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला
-न्युजभित्तो

चितवन, १६ असोज। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः...

ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो राजमार्गमा सवारीको गति मापन
-न्युजभित्तो

चितवन, १४ असोज । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गति मापनको काम सुरु गरेको हो...

भरतपुरमा असल करदातालाई स्टिकर
-न्युजभित्तो

चितवन, १२ असोज। भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा...

दुई युवक नारायणीमा नुहाउने क्रममा बेपत्ता
-न्युजभित्तो

चितवन, ११ असोज । पवित्र तिर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक आज बिहान करिब ७ बजे नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ को भोजराज अधिकारी...

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री बस्नेत
-न्युजभित्तो

चितवन,१० असोज।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ...