सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटधाम क्षेत्रको सरसफाइमा ‘वे’ ग्रुपका युवा


  •    न्युजभित्तो/१२ पुष २०८०, बिहीबार ११:२२ 
  • भरतपुर, १२ पुस । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुप युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् । फोहरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित जनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले बताउनुभयो । उहाँले देवघाट प्रवेशद्वार आँपटारीदेखि झोलुङ्गे पुलसम्मको क्षेत्रमा सरसफाइ गरिएको बताउनुभयो । माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उहाँले जानकारी दिनुभयो ।

    ‘हप्ताको एकदिन एकछिन समाजको लागि भन्ने अभियानका साथ चार जनाले सुरु गरेको अभियानमा अहिले सयौँ युवा जोडिएका छन्, उहाँले भन्नुभयो, “सरसफाइ अभियानले टोलटोलमा जागरण ल्याएको छ ।” युवाले फोहर टिप्दै गाउँघरमा हिँडेपछि मानिसमा सचेतना फैलिएको सुनाउनुभयो । पछिल्लो समय सङ्गठित फोहर कम भएको भन्दै हरेक टोलमा सरसफाइ अभियान चलेको बताउनुभयो ।

    उहाँका अनुसार २०७३ साल जेठ २४ गतेबाट सरसफाइ वातावरण संरक्षण अभियान थालिएको हो । सार्वजनिक ठाउँमा फोहर फाल्न हुँदैन भन्ने मानसिकता अझै परिवर्तन नभएको भन्दै उहाँले गाडीमा यात्रा गर्दा वा पैदलयात्रा गर्दा जथाभावी फोहर नफाल्न अनुरोध गर्नुभएको छ । सार्वजनिकस्थलमा अझ फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उहाँले घरबाटै फोहर व्यवस्थापन गर्न नसक्दा सार्वजनिकस्थलमा जथाभावी फोहर फालिएको सुनाउनुभयो । महानगरपालिका, नगरपालिका र पालिकाले आआफ्नो व्यवस्थित डम्पिङसाइट बनाउने हो भने फोहर उचित व्यवस्थापन हुने अध्यक्ष कँडेलको भनाइ छ ।

    ग्रुपका सदस्य भविलाल चापागाईंले व्यक्ति सचेत हुने हो भने फोहर नहुने बताउनुभयो । प्रत्येक घरले आफ्नो घरको फोहरको व्यवस्थापन गरेनन् भने कही पनि सफा नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले जानीजानी पनि फोहर गरिरहेका हुन्छौँ । प्रत्येक घरले आफ्नो घरको फोहर व्यवस्थापन गरेन भने कही पनि फोहर हुँदैन ।” सार्वजनिक ठाउँमा महानगरले फोहर व्यवस्थापनसम्बन्धी बोर्ड राखे फोहर व्यवस्थापनमा अझ सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देवघाट क्षेत्रमा धार्मिक गतिविधिका फोहर बढेको भन्दै सबै नागरिक सचेत बन्नुपर्ने बताउनुभयो ।

    देवघाटका स्थानीय बुद्धिसागर न्यौपानेले धार्मिकस्थल आउँदा पनि मानिसले फोहर फाल्न नछाडेको बताउनुभयो । ज्ञानको कमी भएर पनि कतिपय मान्छेले धार्मिकस्थलमा फोहर फाल्छन्, उहाँले भन्नुभयो, “जथाभावी फोहर फाल्नेलाई कारबाही गर्नुपर्छ । उहाँले युवाले जसरी सरसफाइ गरेका छन् हरेक नागरिकले त्यसरी नै आआफ्नो दायित्व सम्झेर घरघरमा फोहर व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.