सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने


  •    न्युजभित्तो/१५ पुष २०८०, आईतवार १५:५० 
  • चितवन, १५ पुस । चितवनमा पुस १७ गते विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको छ ।

    विसं २०१७ साल पुस १७ गते सुरु भएको पोल्ट्री व्यवसायको स्मरणमा नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन लागिएको हो ।

    चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जारी गरेको सूचनामा उल्लेख छ । यस वर्षको ११ औं राष्ट्रिय पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडका रुपमा मनाउनु पर्छ भन्ने मान्यताअनुरुप नेपाल कुखुरा व्यवसायी मञ्चले सरकारी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय गरी सप्ताहव्यापी रुपमा दिवस मनाइने भएको छ । ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ मनाइने यो दिवसमा विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा र कुखुराको मासुको महत्वबारेमा जानकारी गराउने उद्देश्य लिइएको छ । नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेशसँगको सहकार्यमा स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । अहिले सम्म २६ वटा सरकारी तथा निजी विद्यालयका कुल एक हजार ९४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे चिकित्सकहरुले प्रशिक्षण दिँदै निःशुल्क रुपमा अण्डा बितरण गरिएको छ । पुस १७ गते बिहान मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्ले कार्डसहित प्रभातफेरी गरी भरतपुर–२ क्षेत्रपुर नमस्ते चोकमा भरतपुर महानगर पालिका वडा नंं। २ को सहकार्यमा बृहतखुला रक्तदानको कार्यक्रम गरिने भएको छ । सोही स्थानमा एक दिने चिकेन एण्ड एग फुड फेस्टिबलको आयोजना गरिने मञ्चले जनाएको छ ।

    नेपालमा आधुनिक कुखुरापालन सुरुवात २०१७ साल पुस १७ गते भएको थियो । परवानीपुर बाराको सेन्ट्रल ह्याचरीको उद्घाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात भएको मानिन्छ । देशको कुलग्राहस्थ उत्पादनमा करिब ३।५प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ भने करिब चार लाख ५० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी प्रदान गर्दै आइरहेको छ । नेपालको कुखुरा पालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको संघले जनाएको छ । यस पेसाले आयात प्रतिस्थापन गर्दै आम देशवासीलाई सबै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्न मासु र अण्डा उपलव्ध गराएको संघले जनाएको छ । कुखुरा व्यवसायी मञ्चले कुखुराको मासु र अण्डा मानव स्वास्थका लागि उपयुक्त खाद्यन्न मानिँने बताउँदै कुखुराको मासु र अण्डामा कुनै मिसावट नहुने, चिल्लोको मात्र कम, प्रोटिनको मात्र बढी हुने, पकाउन सजिलो, पचाउन सहज हुने, युरिक एसिड, मुटु रोगीका बिरामीलाई समेत उपयोगी हुने जनाएको छ । मञ्चले विकसित देशहरुमा प्रति व्यक्ति प्रतिवर्ष अण्डाको खपत नेपालको भन्दा धेरै गुणा बढी रहेको जनाएको छ । त्यसै कारण पनि नेपालीहरुको भन्दा विकसित देशका मानिसहरुको औषत आयु समेत बढी रहेको मञ्चले जनाएको छ । मञ्चको तथ्यांका वार्षिकरुपमा एक व्यक्तिले सबैभन्दा धेरै अण्डा खपत गर्ने ९ देशमा चीन अग्र स्थानमा छ भने नेपाल सबैभन्दा कम अण्डा खपत गर्ने देशमा पर्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.