सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा


  •    न्युजभित्तो/१२ पुष २०८०, बिहीबार १५:०४ 
  • भरतपुर, १२ पुस । भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ । सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म गृष्मकालीन राजधानी थियो । गढीको तत्कालीन अवस्थाको भग्नावशेष छ । तर संरक्षण नहुँदा ऐतिहासिक तथ्य र प्रमाण नष्ट हुने खतरा बढेको बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी बताउनुहुन्छ । उहाँले गढीको जग्गा यकिन गरेर तराबार गर्नुपर्ने बताउनुभयो । “किल्लामा तत्कालीन समयमा बनेका संरचनाको नक्सा बनाएर डिपिआर बनाउन आवश्यक छ, पछि बनाइएका अतिरिक्त संरचना हटाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    गढीभित्र र बाहिर लालीगुराँसका फूल लगाएर रमणीय बनाउनुपर्ने भन्दै उहाँले पर्यटक सहजरूपमा जान सक्नेगरी यातायातको प्रबन्ध गरिनुपर्ने बताउनुभयो । उहाँले गढी बाहिर पर्यटकका लागि आकर्षक पार्क, सुविधासम्पन्न होटललगायतका क्रियाकलाप गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

    भरतपुर महानगरपालिका–२९ मा पर्ने गढी समुद्र सतहबाट एक हजार एक सय ८४ मिटर उचाइको महाभारत शृङ्खला उच्च पहाडमा अवस्थित छ । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट १० किलोमिटरको दूरीमा कविलासपुरगढी पुग्न सकिन्छ । यस गढीको दक्षिणतर्फ ठाडो भिर रहेको छ । उक्त गढीको पूर्व–पश्चिम धारिलो पहाड छ । पहाड निकै परसम्म फैलिएर रहेको छ ।

    भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले कविलासपुरगढीको जीर्णोद्धार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्षलाई केन्द्रित गरेर केही काम गर्ने तयारी थियो, भ्रमण वर्ष रोकिएपछि काम पनि अघि बढ्न सकेको छैन ।” उहाँले यस वर्ष वडाले केही बजेट विनियोजन गरेको भन्दै तारबार र गढी संरक्षणका काम गरिने बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारसँगको समन्वयमा गढीको संरक्षण गरिने बताउनुभयो ।

    यस गढीमा तत्कालीन पाल्पाका राजा मुकुन्द सेनले सुरक्षा किल्ला निर्माण गरेका थिए । सेन राजाको शासनकालमा निर्माण भएको भए पनि यो गढी धेरै पछिसम्म प्रयोगमा आएको थियो । गढीबाट अवलोकन गर्दा उत्तर–दक्षिण दुवैतर्फ धेरै परसम्मको भू–भाग दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुरानो बङ्कर, तोप हान्ने यन्त्र, प्रशासनिक भवन, चौकी तथा कविलास दरबारका भग्नावशेष ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण सामग्री छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.