राष्ट्रिय

सुनको मूल्य स्थिर,छापावाल सुन ८९ हजारमा कारोबार
-न्युजभित्तो

काठमाडौं,१० असोज । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा
-न्युजभित्तो

काठमाडौं,१० असोज । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए । विगत केही समयदेखि संस्थाको...

ईपीएल : चितवन टाइगर्सको विजयी सुरुवात, विराटनगर २ विकेटले पराजित
-न्युजभित्तो

काठमाडौं,१० असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ । आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो । चितवनका लागि राजेश पुलामीले आउट...

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी
-न्युजभित्तो

मेलम्ची,१० असोज। गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् । अहिले...

दार्चुलाबाट यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा निकासी
-न्युजभित्तो

दार्चुला, १० असोज । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार...

सत्ता गठबन्धनको बैठक : अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह
-न्युजभित्तो

काठमाडौं,१० असोज । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन्...

गोल्फुटारको वडा कार्यालयको शौचालयमा पुरुष शव फेला
-न्युजभित्तो

काठमाडौँ, १० असोज । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको...

कांग्रेस नगर अघिवेशन : भक्तपुर जिल्लाका चारवटै पालिकामा मतदान सुरु
-न्युजभित्तो

भक्तपुर, १० असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२...

जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’
-न्युजभित्तो

झापा, १० असोज । मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किनुभएको उहाँले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गर्नुभयो । उहाँको खुसी...

परराष्ट्रमन्त्री खड्का ‘साइडलाइन’ भेटवार्तामा व्यस्त
-न्युजभित्तो

काठमाडौँ, १० असोज । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका...