राष्ट्रिय
गोरखा,६ असोज । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ । असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश...
काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रिय हितलाई सर्वोपरि मानेर...
चितवन, ६ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २४ हजार ६६० पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित ५७९ जना रहेका छन् । उनीहरु मध्ये ५३८...
हेटौँडा, ६ असोज । मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ । राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताउनुभयो ।...
कर्णाली, ६ असोज । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले रु ५० लाखको अक्षयकोष स्थापना गरेको छ । उहाँले स्व आमा मायादेवी र बुबा प्रेमबहादुर खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु ५० लाखको ‘माया–प्रेम’ गरिब तथा असहाय सहयोग...
काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद...
ललितपुर, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको...
सुर्खेत,६ असोज । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २४ जना यात्रु सवार रहेकोमा...
चितवन,६ असोज । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...
चितवन, ६ असोज । संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहनु भएको छ । ‘मास्के बा’ उपनामले परिचित यहाँका चीजकुमार मास्केको जीवनको धेरै समय आँखाको...












