सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १४:५७ 
  • लमजुङ, १४ असोज । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन् ।

    सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो ।

    जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये एक हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपाङ्गता भएका व्यक्ति र २३ जना एचआइभी सङ्क्रमित व्यक्ति रहेको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी अनुपमा रेग्मीले बताउनुभयो । जिल्लामा गत माघ महिनादेखि यो कार्यक्रम लागू भएको छ । यो कार्यक्रमबाट हालसम्म रु ५१ लाख ८६ हजार सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा लागि जिल्लाका ७५ वटा वडामा एक÷एकजना गरी ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ ।

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जना भन्दाबढी परिवारका सदस्य भएमा प्रतिसदस्य ७०० का दरले शुल्क तिर्नुपर्ने हुन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु एक लाख सम्मको निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भने पाँचभन्दा बढी भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्कमा थप हँुदै जाने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधि उपचार पाइने दर्ता अधिकारी रेग्मीको भनाइ छ । उहाँका अनुसार बीमा कार्यक्रममा आवद्ध सदस्यले सूचीकृत अस्पतालबाट मात्रै निःशुल्क उपचार सेवा पाउने व्यवस्था छ ।

    जिल्लामा चार वटा स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध छ । हालसम्म जिल्ला अस्पताल लमजुङबाट मात्र यो सेवा लिएको बताइएको छ । जिल्ला अस्पतालमा हालसम्म ८०६ जनाले बीमाबापतको उपचार सेवा लिएका छन् । यीमध्ये ५३४ महिला र २७२ पुरुषले यो सेवा लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उनीहरुले यस अस्पतालबाट औषधिउपचारमा रु १० लाख बराबरको सेवा लिएका छन् । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

    यहाँका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अपाङ्गता भएका एवं रातो कार्ड भएका र एचआइभी सङ्क्रमितलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको दर्ता अधिकारी रेग्मीको भनाइ छ । त्यस्तै, महिला स्वयमसेविकालाई भने ५० प्रतिशत छुट दिएको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.