नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
न्युजभित्तो/१३ मंसिर २०८३, शनिबार १९:२२
चितवन, १२ मंसिर । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा लिला कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संघको आज पटिहानीमा भएको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा जनार्दन अधिकारी, प्रथम उपाध्यक्षमा हरिप्रसद न्यौपाने, द्वितीय उपाध्यक्षमा राजन कँडेल, महासचिवमा पूर्णचन्द्र (गणेश) सुुवेदी, सचिवमा सुरेशजंग पाण्डे, कोषाध्यक्षमा राजेन्द्र राई चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा किसान भुषाल, ओमनाथ घिमिरे, शिव सुवेदी, करणकुमार गुप्ता, रामेश्वर केसी, सागर पौडेल र इन्द्र आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । समितिका अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको हो । अध्यक्षमा कुँवर र तुलसीप्रसाद सुवेदीबीच प्रतिस्पर्धा भएको थियो ।
संघका पूर्व अध्यक्ष तेजनारायण पाण्डेको संयोजकत्वमा संघका संस्थापक अध्यक्ष भुवनलाल जोशी र संघका कार्यकारी अधिकृत शिवप्रसा बराल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको हो ।
निर्वाचनपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष समेत रहनु भएका कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा. रेवन्तकुमार भट्टराईले किसानको ह्याचरी र फर्ममा उत्पादन भएका चल्ला र कुखुरा किसानका फर्म र बधशालासम्म पु¥याउँदै गर्दा पशु कल्याणलाई समेत ख्याल गरेर काम गर्न सुझाव दिनुभयो । उहाँले विभिन्न आरोह अवरोध पार गर्दै व्यवसायीहरुले काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले यसका बाबजुद पनि संगठित भएर काम गर्न सुझाव दिनुभयो ।
सरकारले ल्याउन लागेको मासु ऐन, जैविक सुरक्षा, स्वस्थ उत्पादन, मासु र अण्डाको पौष्टिक महत्व लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
संघका पूर्व अध्यक्ष समेत रहनु भएका भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाटले व्यवसायीहरुलाई प्रबद्र्धन गर्नका लागि भरतपुर महानगरबाट मासु बजार स्थापनाका लागि पहल भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “विगतमा सप्लायर्सका सवारी धुनका लागि ५० लाख बजेट विनियोजन गरेको भएपनि उपयुक्त ठाउँ नपाउँदा बजेट खर्च हुन सकेन ।” बजारीकरणका लागि सप्लायर्स महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले उत्पादक र उपभोक्ताबीचको पुलको काम गर्ने पनि उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोले यस संघले देशभर गरेको कामको प्रशंसा गर्दै युवा जनशक्ति रोक्न सीप, ज्ञान र क्षमताका आधारमा रोजगारी दिन र लगानी बढाउन उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो “व्यवसायीको हक हित र पेशालाई मर्यादित बनाउन सबैलाई आग्रह गर्दछु ।” अहिले बैंकको ब्याज निकै सस्तो भएको चर्चा गर्दै उहाँले यद्यपी लगानी नभएर बैंकमा थुप्रिने अवस्था रहेको बताउनुभयो ।
बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कँडेलले व्यवसायीहरुलाई संगठित भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तपाईहरुले सधैं संघर्ष गर्नु परेको छ, अहिलेको अवस्था पनि त्यति अनुकूल छैन, यद्यपी संगठित भएर काम गर्नुहोला ।”
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले मासु जाँच ऐन २०५५ यही माघ १ गतेबाट महानगर र नगरपालिकामाहरुमा एवं आगामी साउन १ गतेबाट देशैभरी लागू हुने जानकारी दिनुभयो । उहाँले व्यवसायीहरुले गरेको कामको प्रशंसा गर्दै सरकारका ऐन, कानुन र नीति नियमभित्र बसेर गरिने काममा सरकारी निकायबाट संरक्षण गरिने बताउनुभयो ।
संघका पूर्व अध्यक्ष कृष्णहरि लोहनीले व्यवसायीको हकहितका लागि यो संस्था बनेको भन्दै देशभर यसको सञ्जाल रहेको बताउनुभयो । संस्थाका सदस्यहरुले काम गर्दा सधैंजसो सरकारी निकायबाट हेर्ने दृष्टिकोणमा सुधार हुनु पर्ने बताउनुभयो । व्यवसायीका सवारी दुर्घटना हुँदा राज्यले दिन नसकेको बीमा संघले दिंदै आएको उहाँले बताउनुभयो ।
संघका पूर्व अध्यक्ष एवं निर्वाचन समितिका संयोजक तेजनारायण पाण्डेले व्यवसायीलाई टिकाई राख्नका लागि संघले काम गर्दै आएको बताउनुभयो । उद्योग वाणिज्य संघ गैंडाकोटका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका पाण्डेले संस्थाकै कारण व्यवसायी टिक्न सकेको भन्दै बीमा कार्यक्रमले व्यवसयीलाई बचाएको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष महेश्वर पोखरेलले आफ्नो कार्यकालमा पोल्ट्रीका विभिन्न संघ संस्था र सरकारी निकायसँग समन्वय गरी काम गरेकै कारण संस्थालाई यहाँसम्म ल्याउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी सबै मिलेर काम गर्न सकेनौं भने हामी सफल हुन सक्दैनौं ।” सबैको साथ र सहयोगले नै संस्था अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रम समापन गर्दै नवनिर्वाचित अध्यक्ष लिला कँुवरले सबैसँग समन्वय गर्दै संघलाई अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अग्रजले गरेका कामलाई निरन्तरता दिंदै सबैको साथ र सहयोगबाट संस्थालाई अझै उचाईमा पु¥याउने बताउनुभयो ।
यस अघि बन्द सत्रमा महासचिव तुलसीप्रसाद सुवेदीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णचन्द्र सुवेदीले आर्थिक प्रतिवेदन, उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आगामी कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती प्रस्ताव सर्वसम्मतीले पारित भएका छन् ।