सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १४:५० 
  • उदयपुर, १४ असोज । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका उदयपुरको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेका छन् ।

    कोरोना सङ्क्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने उदयपुरमा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि गत वर्षको चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थल सुनसान देखिएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द हुन पुगेको थियो । कोरोना भाइरस सङ्क्रमण न्यून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाएपछि यतिखेर उदयपुरमा चहलपहल सुरु हुन थालेको छ ।

    कोरोना सङ्क्रमणको बेला पर्यटकको आगमन ठप्प जस्तै हुन पुगेको रौता पोखरी क्षेत्रमा असोज लाग्नासाथ दैनिक सयौंको सङ्ख्यामा रौतामाइको दर्शन गर्न र रौताको रमणीयस्थल घुम्नका लागि पर्यटक आउन सुरु गरेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरीले बताउनुभयो । जिल्लाको नै ऐतिहासिक र महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको रौता पोखरी तथा पञ्चकन्यादेवीको मन्दिरमा असोजको पहिलो हप्तादेखि दैनिक करिब एक सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक दर्शन गर्न र घुम्न आउने गरेको रौतापञ्चकन्या मन्दिरका पूजारी गङ्गा राना मगरले बताउनुभयो ।

    कोरोना सङ्क्रमण घट्दै गएपछि रौता पञ्चकन्यामाई देवीको दर्शन र पूजा गर्ने, भाकल पूरा गर्ने र रौता पर्यटकीयस्थल घुम्न आउनेको सङ्ख्या दैनिक वृद्धि हुँदैगएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताउनुभयो । उहाँका अनुसार अहिले पूजा तथा आराधना र रौता क्षेत्रको रमणीयस्थल घुम्नका लागि जिल्ला बाहेक सप्तरी, सिरहा, मोरङ, सुनसरी, झापा, धनुषा, सिन्धुली र सर्लाहीसम्मका भक्तजन तथा पर्यटक आउने क्रम सुरु भएको हो ।

    कोरोना सङ्क्रमण घट्दै गएपछि भदौको अन्तिम हप्तादेखि आठ दशजना पर्यटक आउन सुरु गरेपनि असोज लाग्नासाथ पर्यटकको सङ्ख्या ह्वात्तै बढेर दैनिक सयौंको सङ्ख्यामा पर्यटकको आगमन हुन थालेको रौता पर्यटन होमस्टे समितिका सदस्य कुबेर मगरले बताउनुभयो । पर्यटकको सङ्ख्यामा विस्तारै वृद्धि हुँदैजान थालेपछि यस क्षेत्रको होमस्टे र होटल पनि विस्तारै सञ्चालन हुन थालेको अर्का होमस्टे सञ्चालक खवीन्द्रराज राईले बताउनुभयो । उहाँका अनुसार ५० प्रतिशत भक्तजन मुख्य रौतामाई पञ्चकन्यादेवीको पूजा आरधना गर्न र बाँकी पर्यटक पूजाआराधनाका साथै यो क्षेत्र घुम्नका लागि नै आउने गरेका छन् ।

    समुद्री सहतबाट दुई हजार मिटरको उचाइमा रहेको उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पर्यटकीयस्थलबाट सगरमाथा, मनास्लु, लौत्से, आमादोल्मा, कोयु र अरुणबरुण क्षेत्रका आठ वठा हिमशृङ्खला अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो ।

    यस्तै सो क्षेत्रबाट धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरीसहित तराईका हरियो फाँट र सप्तकोशी तथा कमला नदीकोसमेत अवलोकन गर्न सकिने सो गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो । रौता क्षेत्रलाई प्रदेश नं। १ कै महत्वपूर्ण पर्यटकीयस्थल निर्माण गर्न वृहत गुरुयोजनासमेत निर्माण गरिएको उहाँको भनाइ छ ।

    जिल्लाको पर्यटकीय क्षेत्र खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । उदयपुरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करोडौँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । सयौँको सङ्ख्यामा सञ्चालित त्यस्ता होटल कोरोनाका कारण पर्यटकको आवागमन बन्द भएपछि लगानीकर्ता चिन्तित बनेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.