सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भवन निर्माण सुरुभएको एक वर्षपछि काठको अनुमति


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १५:०७ 
  • दार्चुला, १४ असोज । व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणको काम २०७७ असोज ९ गते बाट सुरु भएको हो ।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापाले भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तर भवन निर्माणमा चाहिने काठको लागि भने २०७८ भदौ २१ गतेको मन्त्रिपरिषद् निर्णयबाट अनुमति प्राप्त भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभयो ।

    छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण सुरु गरिएको थियो । एक वर्षभित्र निर्माण सक्ने गरी कुल रु १० करोड लागतमा ठेक्का सम्झौता भएको एक वर्षपछि मात्रै काठको अनुमति पाउँदा निर्माणको कार्य पनि ढिलाई भएको छ । निर्माण व्यवसायीले काठको अनुमतिबिनै भूइँतला निर्माण गरेको छ । वन तथा वातावरण मन्त्रालयले छाङ्गरुस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि संरक्षित सामुदायिक वनबाट बार्षिक कार्ययोजना अनुसार काठ उपलब्ध गराउन अपि नाम्पा संरक्षण क्षेत्रले सहजीकरण गर्न भनेको छ ।

    सामुदायिक वनले वार्षिक एक हजार ५०० क्यूफिट काठ वार्षिक रुपमा समुदायलाई उपलब्ध गराउन सक्ने कार्ययोजना छ । सामुदायिक वनले भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि काठ उपलब्ध गराउन नसकिने प्रष्ट्याएको छ । मन्त्रालयले सामुदायिक वनबाट काठ उपलब्ध हुन नसक्ने अवस्था भएमा सरकारी वनमा रहेका सुकेका, ढलापडा, रोग लागेका, मृत अद्र्यमृत रुख एकीन गरी वन्यजन्तु र जैविक विविधतामा असर नपग्ने सुनिश्चितता मिलाएर रुख कटान गरी गोलिया काठ सङ्कलन गर्न सकिने उल्लेख गरेको छ ।

    छाङ्गरुस्थित सशस्त्र प्रहरी भवन निर्माणको लागि पाँच हजार क्यूफिट र नेपाल प्रहरीको सीता पुल प्रहरी चौकी निर्माणको लागि तीन हजार ५०० क्यूफिट काठ आवश्यकपर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.