विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
न्युजभित्तो/१२ मंसिर २०८३, शुक्रबार १७:०४
हेटौंडा, ११ मंसिर । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले प्रदेशको विकास निर्माण तथा सेवा प्रवाहका क्रममा देखिएका समस्या पहिचान गरी तिनको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री तामाङले विकासका कामलाई प्रभावकारी बनाउन समस्या पहिचान, समयमै समाधान र योजनाको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले प्रदेशको समग्र विकास र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले आफ्ना कार्यक्रम तथा योजनाहरूलाई व्यवस्थित रूपमा अघि बढाइरहेको उल्लेख गर्नुभयो। विकासका क्रममा देखिने समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको उहाँको भनाइ थियो।
मन्त्री तामाङले आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक प्रगति समीक्षा गर्दै मन्त्रालयअन्तर्गतका कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभयो। उहाँले विनियोजित बजेटको प्रभावकारी उपयोग गर्दै निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई आग्रह गर्नुभयो। उहाँले बजेट विनियोजन हुनु मात्रै उपलब्धि नभई त्यसको सही कार्यान्वयनबाट नागरिकले प्रत्यक्ष लाभ पाउनुपर्नेमा जोड दिनुभयो। विकासका योजना कागजमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने भन्दै उहाँले कामको प्रगति र त्यसबाट प्राप्त हुने परिणामलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
स्वास्थ्य तथा सामाजिक विकास क्षेत्र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यस मन्त्रालयअन्तर्गतका कार्यक्रम सञ्चालन गर्दा विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने मन्त्री तामाङको भनाइ थियो। स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि, सामाजिक क्षेत्रका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न मन्त्रालयले ध्यान दिएको उहाँले बताउनुभयो।
बैठकमा मन्त्रालयअन्तर्गतका निकायबाट सञ्चालित कार्यक्रम तथा योजनाको प्रगति, कार्यान्वयनमा देखिएका समस्या, बजेट खर्चको अवस्था र समाधानका उपायबारे छलफल भएको थियो। विकास निर्माण तथा सेवा प्रवाहका क्रममा देखिएका प्रशासनिक, प्राविधिक र व्यवस्थापकीय समस्या पहिचान गरी सम्बन्धित निकायबाट आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो।
मन्त्री तामाङले विकासका कामलाई नतिजामुखी बनाउन सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले योजनाको कार्यान्वयनमा ढिलासुस्ती नगर्न, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न र नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।
बैठकमा मन्त्रालयका सचिव, महाशाखा तथा शाखा प्रमुख, मातहतका कार्यालयका प्रमुखलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले आ–आफ्नो निकायबाट सञ्चालित कार्यक्रमको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा समाधानका लागि आवश्यक पहलका विषयमा धारणा राखेका थिए।
बैठकले मन्त्रालयअन्तर्गतका विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बजेट खर्च, सेवा प्रवाह र विकासका उपलब्धिलाई परिणाममुखी बनाउने विषयमा छलफल गरेको थियो।