चितवन, १३ मंसिर । यात्राका विभिन्न अनुभूति र महत्व हुन्छन् । प्रायजसो हुने यात्राले मनोरञ्जनका साथै नयाँ ठाउँ र परिवेशसँग परिचित गराउँछ भने कुनै यात्राले त्यहाँको वस्तुस्थिति देखेर मनमा चिन्ता र प्रश्नहरू उब्जाइदिन्छ । माडीबाट वाल्मीकिसम्मको यात्राले मलाई मनोरञ्जनका साथै चिन्ता पनि थपिदियो । प्राकृतिक सुन्दरता, रमणीय वातावरण र यात्राको रोमाञ्चकताले मनलाई आनन्दित त बनायो, तर माडी नगरपालिका वडा नं. १ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वाल्मीकि आश्रमको अवस्था देख्दा मनमा चिन्ता थपियो ।
वाल्मीकि आश्रममा भजनको प्रस्तसति: संरक्षण र प्रचारप्रसारको सन्देश
माडी युवा भजन समूहको आयोजनामा माडीका विभिन्न स्थानमा साप्ताहिक भजन शृङ्खला सञ्चालन हुँदै आएको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई संस्कृति संरक्षणमा जिम्मेवार बनाउने उद्देश्यले आयोजना हुँदै आएको शृङ्खलाअन्तर्गत मङसिर १२ गते शनिबार ऐतिहासिक तथा पौराणिक महत्व बोकेको वाल्मीकि आश्रम पुग्ने कार्यक्रम तय भयो ।
पुर्व योजनाअनुसार माडी युवा भजन समूह, माडी प्रज्ञा प्रतिष्ठान र माडी कला, साहित्य तथा सांस्कृतिक मञ्च माडी–७ का प्रतिनिधिसहित करिब १९० जनाको टोली वाल्मीकि आश्रम पुगेको थियो । टोलीले आश्रमको अवलोकन गर्नुका साथै त्यहाँ भजन प्रस्तुत गरेर धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाएको थियो । भजनको प्रस्तुतिले आश्रमको वातावरण नै सङ्गीतमय बनेको थियो ।
भजन शृङ्खलाले पौराणिक महत्व बोकेको, धार्मिक आस्थाको केन्द्र बनेको र नेपाल–भारत सीमाको पहरेदारजस्तै रहेको वाल्मीकि आश्रमको वर्तमान अवस्था नजिकबाट नियाल्ने अवसर पनि सहभागीहरुलाई प्राप्त भयो । कार्यक्रम रमाइलो र मनोरञ्जनपूर्ण हुनुका साथै आश्रमको ऐतिहासिक तथा धार्मिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गर्नुपर्ने आवश्यकताबारे भजनमार्फत सामूहिक आवाज उठाउने कामसमेत भएको थियो ।
यात्राभरि भजन र लोकगीत प्रस्तुत:
माडीबाट सुरु भएको हाम्रो यात्रा भरतपुर, नारायणगढ, कावासोती, दाउन्ने हुँदै गजेन्द्रमोक्षधाम र झोलुङ्गे पुलबाट वाल्मीकि आश्रमसम्म पुगेर माडी फर्कदासम्म आपसी आत्मीयता, मनोरञ्जन र प्रतिभा प्रस्फुटनको अवसर पनि बन्यो । यात्राका क्रममा गाडीभित्रै भजन, लोकगीत, दोहोरी तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूले वातावरणलाई सङ्गीतमय र बनाएका थिए ।
पाँचवटै गाडीभित्र सहभागीहरूले आ–आफ्नो रुचि र क्षमताअनुसार गीत, भजन तथा अन्य रमाइला प्रस्तुति प्रस्तुत गरेका थिए । कतिपयले मीठो स्वरमा भजन गाएर धार्मिक वातावरण सिर्जना गरे भने कतिपयले लोकगीत र दोहोरीमार्फत यात्रालाई थप रोचक बनाएका थिए । यसले सहभागीहरूभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने अवसरसमेत प्रदान गरेको थियो ।
सामान्यतया यात्रामा एक ठाउँबाट अर्को ठाउँ पुग्ने र दृश्यावलोकन गर्ने काम मात्र हुन्छ । तर यस यात्रामा गाडीभित्रै सिर्जना भएको साङ्गीतिक माहोलले यात्रालाई रमाइलो र स्मरणयोग्य बनायो । एकअर्काका प्रस्तुति सुन्ने, प्रशंसा गर्ने, हाँस्ने र रमाउने क्रममा सहभागीहरूबीच परिचय, आत्मीयता र सम्बन्ध विस्तार हुँदै गयो । भजन शसङ्खलाको यो यात्रा गन्तव्यको अवलोकनसँगै प्रतिभा चिन्ने, सम्बन्ध जोड्ने र सामूहिक खुसी साटासाट गर्ने अवसर पनि बन्यो ।
गजेन्द्रमोक्षधामदेखि वाल्मीकि आश्रमसम्म
गजेन्द्रमोक्षधाम पुग्दा धार्मिक तथा आध्यात्मिक वातावरणले हाम्रो टोलीलाई थप उत्साहित बनायो । कमलनयन स्वामीको सक्रियतामा त्यहाँ धनधान्याचल महायज्ञ सञ्चालन भइरहेको रहेछ । गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको उक्त महायज्ञले धार्मिक, सांस्कृतिक तथा शैक्षिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । महायज्ञस्थलमा भजन प्रस्तुत गर्दै परिक्रमा गर्दा वातावरण सङ्गीतमय बनेको थियो ।
गजेन्द्रमोक्षधामका कार्यकारी निर्देशक झपेन्द्र भुसाल सरले हाम्रो टोलीलाई अत्यन्त आत्मीयतापूर्वक सहजीकरण गर्नुभयो । उहाँको हार्दिकता, आतिथ्य र सहयोगले हामीलाई आफ्नै घरपरिवारका सदस्य भेटेजस्तो अनुभूति भयो । यज्ञस्थलमै सम्पूर्ण सहभागीका लागि भोजनको व्यवस्था गरिएको थियो । लामो यात्राका क्रममा प्राप्त यस्तो आत्मीय आतिथ्यले सबैलाई खुसी बनाएको थियो ।
त्यसपछि झपेन्द्र भुसाल सरकै सहजीकरणमा हाम्रो टोली वाल्मीकि आश्रम प्रस्थान ग¥यो । वाल्मीकि आश्रमसम्मको यात्रालाई सहज र सुरक्षित बनाउन नेपाली सेना तथा नेपाल प्रहरीले सुरक्षा प्रदान गरेका थिए । उहाँहरूको सहयोग र सहजीकरणले यात्रामा सहभागी सबैमा आत्मविश्वास थपिएको थियो । सबैजना झोलुङ्गे पुलदेखि पैदल मार्ग हुँदै वाल्मीकि आश्रम पुग्यौँ । बाटोको प्राकृतिक सुन्दरता, सहयात्रीबीचको कुराकानी र धार्मिक स्थल पुग्ने उत्सुकताले पैदल यात्राको थकानलाई समेत बिर्साइदिएको थियो ।
गजेन्द्रमोक्षधामको धार्मिक वातावरण, महायज्ञको आध्यात्मिक अनुभूति, झपेन्द्र भुसाल सरको आत्मीय आतिथ्य तथा सुरक्षा निकायको सहयोगले वाल्मीकि आश्रमसम्मको यात्रा धार्मिक आस्था, सामूहिक सद्भाव, सहकार्य र आत्मीयताको अविस्मरणीय अनुभवसमेत बन्यो ।
वाल्मीकि आश्रममा भजनको प्रस्तुति:
हाम्रो यस यात्राको मूल उद्देश्य वाल्मीकि आश्रम पुगेर सामूहिक रूपमा भजन प्रस्तुत गर्नु थियो । सोही उद्देश्यअनुरूप आश्रमको पौराणिक महत्व, धार्मिक आस्था, ऐतिहासिक गरिमा र विकासको आवश्यकतालाई समेटेर विभिन्न भजन प्रस्तुत भए । भजनका माध्यमबाट वाल्मीकि आश्रमको महिमा उजागर गर्नुका साथै यसको संरक्षण र विकासप्रति सबैको ध्यानाकर्षण गराउने प्रयाससमेत भयो ।
सामूहिक भजन प्रस्तुतिले आश्रम परिसर नै सङ्गीतमय बनेको थियो । स्थानीय बासिन्दाहरूका अनुसार यति ठूलो सङ्ख्यामा मानिसहरू एकै ठाउँमा भेला भएर भजन प्रस्तुत गरेको सम्भवतः यो पहिलो अवसर थियो । हाम्रो भजन प्रस्तुतिले स्थानीयवासी मात्र होइन, आश्रमको दर्शन तथा अवलोकनका लागि पुगेका अन्य दर्शकहरूलाई समेत आकर्षित ग¥यो । उनीहरू पनि भजनको लय र भावमा रमाउँदै सहभागी बने ।
पौराणिक महत्व बोकेको, धार्मिक तथा ऐतिहासिक पहिचान बनाएको र नेपालको सीमा सुरक्षाको दृष्टिले समेत विशेष महत्व राख्ने वाल्मीकि आश्रमको उचित संरक्षण, संवद्र्धन र विकास हुनुपर्छ भन्ने आवाज भजनमार्फत उठाइएको थियो । वास्तवमा वाल्मीकि आश्रमको महिमा गाएर मात्र पुग्दैन, यसको अस्तित्व र गरिमालाई जोगाउन राज्य, स्थानीय समुदाय र सरोकारवाला सबैको सक्रियता आवश्यक छ भन्ने सन्देश दिनु नै हाम्रो प्रस्तुतिको उद्देश्य थियो । भजन शृङ्खला वाल्मीकि आश्रमको महत्व उजागर गर्ने र यसको संरक्षणका लागि सामूहिक आवाज उठाउने अभियानसमेत बन्यो ।
वाल्मीकि आश्रमको अवस्थाले मन भारी बनायो:
वाल्मीकि आश्रम पुगेर त्यहाँको अवस्थाको अवलोकन गर्दा मन निकै भारी भयो । यति धेरै ऐतिहासिक, पौराणिक तथा धार्मिक महत्व बोकेको स्थल आज ओझेलमा पर्नु आफैँमा दुःखद विषय हो । अझ नेपालको सीमा रक्षाका दृष्टिले समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको वाल्मीकि आश्रमको अवस्था देख्दा मनमा अनेकौँ प्रश्न उब्जिए । बाटोघाटोको असुविधा, शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षाजस्ता आधारभूत आवश्यकतासमेत सहज रूपमा उपलब्ध हुन नसकेको अवस्था देख्दा त्यहाँका बासिन्दाहरुको जीवन पनि कष्टकर थियो । वाल्मीकि आश्रम नेपालको गौरव, पहिचान, इतिहास र सीमाको सुरक्षासँग समेत जोडिएको महत्वपूर्ण सम्पदा हो । यसको संरक्षण र विकासमा ढिलाइ हुनु भनेको एउटा अमूल्य सम्पदालाई क्रमशः ओझेलमा पर्न दिनु हो ।
मनमा अनेकौँ चिन्ता र प्रश्न बोकेर हामी फर्कियौँ । फर्कंदाको यात्रा भने रमाइलो भयो । गाडीभित्र गीत, भजन, लोकगीत प्रस्तुत भए । बाटोको कठिनाइ र आश्रमको अवस्थाले मनमा पारेको बोझलाई यात्राका रमाइला प्रस्तुतिले हलुका बनाएका थिए ।
उपसंहार:
पौराणिक मान्यताअनुसार महर्षि वाल्मीकिको तपोभूमिका रूपमा परिचित यस आश्रमको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ । रामायणसँग जोडिएको यस पवित्र स्थललाई माता सीताको आश्रयस्थल तथा लवकुशको जन्म र बाल्यकालसँग सम्बन्धित स्थानका रूपमा पनि लिइन्छ । यस्तो महत्वपूर्ण सम्पदा नेपालको भूमिमा रहनु गौरवको विषय हो । अझ भारतीय सीमासँग जोडिएको यस क्षेत्रले धार्मिक तथा सांस्कृतिक महत्वका साथै सीमा सुरक्षाको दृष्टिले पनि विशेष महत्व राखेको छ ।
विडम्बना, यति धेरै महत्व बोकेको वाल्मीकि आश्रमले राज्यबाट पाउनुपर्ने संरक्षण, पूर्वाधार र प्राथमिकता पाउन सकेको देखिँदैन । त्यहाँ पुग्ने बाटो, यातायातको असहजता, पर्यटकीय पूर्वाधार, आवश्यक प्रचारप्रसार र संरक्षणको अवस्थाले राज्यको उदासिनता स्पष्ट झल्काइरहेको छ । एउटा महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा ओझेलमा पर्नुले हाम्रो राष्ट्रिय सम्पदा संरक्षणप्रतिको दृष्टिकोणको कति कमजोर रहेछ भन्ने देखाएको छ ।
वाल्मीकि आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छन् । योजनाबद्ध विकास, सहज पहुँच, व्यवस्थित संरक्षण र प्रभावकारी प्रचारप्रसार गर्न सके यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ । यसबाट स्थानीय जनताको आर्थिक गतिविधि बढ्नुका साथै नेपालको धार्मिक पर्यटन र राष्ट्रिय पहिचानसमेत बलियो बन्न सक्छ ।
यस्ता कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र सम्पदाप्रति परिचित गराउन महत्वपूर्ण भूमिका खेल्छन् । वाल्मीकि आश्रमजस्तो महत्वपूर्ण सम्पदाको संरक्षण गर्नु राज्यको मात्र दायित्व होइन, स्थानीय समुदाय, सामाजिक संस्था, साहित्यिक तथा सांस्कृतिक अभियन्ता र आम नागरिकको पनि साझा जिम्मेवारी हो ।
यस अर्थमा माडी युवा भजन समूहको यो पहल प्रशंसनीय छ । भजनको माध्यमबाट धार्मिक चेतना फैलाउने, सांस्कृतिक एकता कायम गर्ने र ओझेलमा परेको ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारका लागि जनमत सिर्जना गर्ने यो प्रयास स्मरणीय र अनुकरणीय बनेको छ ।
वाल्मीकि आश्रम पुगेर फर्कियो , यात्रा सकियो, मनमा रमाइला सम्झनाहरू पनि रहे । तर वाल्मीकि आश्रमको अवस्थाले उठाएका प्रश्नहरू भने मनमा उठिरहेका छन् । ऐतिहासिक र पौराणिक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व हो । प्रकृतिले दिएको सुन्दरता र इतिहासले सुम्पिएको गौरवलाई बेवास्ता गरेर हामी समृद्धिको सपना पूरा गर्न सक्दैनौँ । वाल्मीकि आश्रमप्रति राज्यको ध्यान कहिले जाने ? यसको संरक्षण र विकासका लागि ठोस पहल कहिले हुने ? माडीबाट वाल्मीकिसम्मको यात्राले मेरो मनमा छोडेका सबैभन्दा महत्वपूर्ण प्रश्न यिनै हुन् । (लेखक माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)
नारायणप्रसाद सापकोटा

वाल्मीकि आश्रम पुगेर फर्कियो , यात्रा सकियो, मनमा रमाइला सम्झनाहरू पनि रहे । तर वाल्मीकि आश्रमको अवस्थाले उठाएका प्रश्नहरू भने मनमा उठिरहेका छन् । ऐतिहासिक र पौराणिक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व हो । प्रकृतिले दिएको सुन्दरता र इतिहासले सुम्पिएको गौरवलाई बेवास्ता गरेर हामी समृद्धिको सपना पूरा गर्न सक्दैनौँ । वाल्मीकि आश्रमप्रति राज्यको ध्यान कहिले जाने ? यसको संरक्षण र विकासका लागि ठोस पहल कहिले हुने ? माडीबाट वाल्मीकिसम्मको यात्राले मेरो मनमा छोडेका सबैभन्दा महत्वपूर्ण प्रश्न यिनै हुन् ।
(लेखक माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)