सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १४:४५ 
  • काठमाडौं,१४ असोज । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ ।

    महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका उहाँले सभालाई सम्बोधन गर्दै समकालीन विश्वका प्रमुख मुद्दाहरूमा नेपालको धारणा, कोभिड–१९ महामारीले सिर्जना गरेको सङ्कट र यसको निदानका लागि खोपमा सहज पहुँच, स्वास्थ्य सामग्रीको सहज उपलब्धता, जलवायु परिवर्तन, हिमाली राष्ट्रका समस्या र दिगो विकासका सम्बन्धमा नेपालका चासो, तिनको परिपूर्तिका लागि साधनस्रोतको व्यवस्था, नेपालजस्ता भूपरिवेष्टित र अतिकम विकसित राष्ट्रका साझा समस्या, मानवअधिकार, आतङ्कवाद तथा निशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

    सञ्चारकर्मीलाई विमानस्थलमा महासभालगायत न्युयोर्कमा रहँदा भएका भेटवार्ताबारे जानकारी दिँदै मन्त्री डा खड्काले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा नीहित सिद्धान्त र उद्देश्यहरूप्रति नेपालको अटुट प्रतिबद्धता दोहो¥याउँदै उक्त संस्थाले विश्व शान्ति, सद्भाव तथा विकासका क्षेत्रमा निर्वाह गरेको भूमिकाको सराहना गरेँ । वर्तमान चुनौतीलाई दृष्टिगत गरी बहुपक्षीयता थप सुदृढ हुनुपर्ने तथा राष्ट्रसङ्घको सुधार एवं पुनःसंरचनामा जोड दिएको छु” । अति कम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउँदै ती राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी एवं असमानता हटाउँदै जानुपर्नेमा विशेष जोड दिएको छु ।”

    साथै उहाँले भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

    परराष्ट्रमन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उहाँ सहभागी हुनुभएको थियो ।

    मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.