सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
न्युजभित्तो/१४ मंसिर २०८३, आईतवार ०९:१७
हेटौँडा । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले प्रशिक्षार्थीहरूले हासिल गरेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आयआर्जनमा जोड्न सके समतामूलक तथा सभ्य समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । हेटौँडामा सफल हेल्थकेयर एकेडेमीले आयोजना गरेको तीनमहिने केयर गिभर तालिमको दीक्षान्त समारोहमा ९० जना प्रशिक्षार्थीलाई तालिम पूरा गरेको प्रमाणपत्र वितरण गर्दै मन्त्री तामाङले यस्तो बताउनुभएको हो ।
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यावहारिक जीवनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सीपलाई रोजगारी र स्वरोजगारसँग जोड्न सके प्रशिक्षार्थीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नुका साथै समाजको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो ।
मन्त्री तामाङले स्वास्थ्य सेवाको क्षेत्रमा केयर गिभरको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिक, बिरामी, अशक्त तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूको सेवामा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताउनुभयो । यस क्षेत्रमा आवश्यक सीप, ज्ञान र व्यावसायिक दक्षता हासिल गरेका जनशक्तिले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सक्ने उहाँले बताउनुभयो ।
तीन महिनासम्म तालिम लिएर दीक्षित भएका प्रशिक्षार्थीहरूलाई बधाई दिँदै उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न र आफ्नो क्षमता विकास गर्दै अघि बढ्न आग्रह गर्नुभयो । तालिमले प्रशिक्षार्थीहरूलाई रोजगारीका अवसर खोज्न तथा व्यावसायिक जीवन सुरु गर्न सहयोग पुग्ने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेसनल कलेजका निर्देशक डा. रामचन्द्र अधिकारी, सफल हेल्थकेयर प्रालिका चितवन संस्थापक सुशील भट्टराई, मकवानपुर खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानू लामा तथा दीक्षित प्रशिक्षार्थीका तर्फबाट प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।
वक्ताहरूले स्वास्थ्य सेवामा केयर गिभर जनशक्तिको आवश्यकता र सम्भावना बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने धारणा राखेका थिए । उनीहरूले तालिमबाट हासिल गरेको सीपलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरेका थिए ।
सफल हेल्थकेयर मकवानपुरका संस्थापक सरोज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीनमहिने केयर गिभर तालिम पूरा गरेका ९० जना प्रशिक्षार्थी दीक्षित भएका थिए । उनीहरूलाई तालिम सफलतापूर्वक सम्पन्न गरेको प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।