सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नाटा रनिङ्ग शिल्ड जनप्रियलाई


  •    न्युजभित्तो/१२ मंसिर २०८३, शुक्रबार २०:३४ 
  • भरतपुर ११ मङ्सिर । होली भिजन पब्लिक स्कुल नाटा क्लवको आयोजना र नेपाल क्षयरोग निवारण संस्था चितवनको समन्वयमा सञ्चालित २४ औँ जिल्लास्तरीय अन्तर मा.वि.नाटा रनिङ्ग शिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।

    राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता तीन वर्ष लगातार विजय प्राप्त गरी जनप्रिय मा.वि शारदानगरले रनिङ्ग शिल्ड आफ्नो कब्जामा लिन सफल भएको छ । प्रतियोगिताको नियम अनुसार लागातार तीन वर्ष विजय प्राप्त गर्नेले शिल्ड सधैँभरि आफैले राख्न पाउनेछन् । आयोजकलाई अर्को वर्ष नयाँ शिल्ड बनाउने दायित्व थपिएको छ ।

    प्रतियोगितामा ओम शान्ति इङ्ग्लिस स्कुल द्वितीय र ग्रिनल्याण्ड पब्लिक स्कुलले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा जिल्लाका ३५ विद्यालय सहभागी रहेका थिए ।

    प्रतियोगिताको समुद्घाटन गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सह–कोषध्यक्ष दामोदर न्यौपानेले विद्यार्थीहरुलाई नै अग्रसर गराएर सञ्चालन गरिएको हाजिरीवाफ प्रतियोगिताले क्षयरोग नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै क्षयरोग नियन्त्रण गर्ने उद्देश्यले होली भिजन नाटा क्लवले हरेक वर्ष प्रतियोगिता सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    होली भिजन पब्लिक स्कुल नाटा क्लवकी अध्यक्ष आश्मा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक संघ होली भिजन पब्लिक स्कुलका अध्यक्ष प्रेमकुमार गैरे, होली भिजन पब्लिक स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगनाथ गैरे,वैकुण्ठपथ टोल विकास संस्थाका अध्यक्ष फूलनाथ निउरे, सृष्टि टोल विकासका अध्यक्ष शिव कंडेल, नाटा क्लवकी शिक्षक नायक सीता आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    हाजिरीजवाफ प्रतियोगितामा प्रश्न सोध्ने कार्यक्रको सञ्चालन विद्यालयका ११, १२ कक्षाका संयोजक सि.के. बस्ताकोटी,माध्यमिक तह–प्रमुख कमलकान्त लामिछाने, शिक्षिकाहरु इन्दिरा शर्मा र सीता आचार्यले गर्नुभएको थियो ।
    यसैगरी होली भिजन पब्लिक स्कुल नाटा क्लवको आयोजनामा क्षयरोग नियन्त्रण सम्बन्धि जनचेतनात्मक ¥याली पनि सम्पन्न भएको थियो । ¥यालीले भरतपुर नगरपालिका वडा नं ४ का विभिन्न स्थानहरुको परिक्रमा गरी क्षयरोग नियन्त्रण सम्बन्धि जनचेतना फैलाएका थिए ।

    होली भिजन पब्लिक स्कुल नाटा क्लवले नेपाल क्षयरोग नियन्त्रण दिवसको अवसरमा २०६० सालदेखि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
    • गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.