सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिरा पीडितलाई छिमेकीको साथ


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १५:१३ 
  • तनहुँ, १४ असोज । असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिराले घरबारविहीन भएकालाई सहयोग गरेको छ ।

    बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । बाढीपहिराले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

    बन्दिपुर–२ खहरे र बन्दिपुर– १ र ३ मा बाढीपहिराले घर भत्किएर घरबिहीन भएका २१ जना चेपाङ समुदायका व्यक्तिलाई जस्तापाता सहयोग गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक घर परिवारलाई करिब रु ४५ हजार मूल्य बराबरको जस्तापाता प्रदान गरेका छौं ।” गाउँपालिकाले विपद्मा परेकालाई सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै अघि बढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सु्वेदीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.