होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
न्युजभित्तो/१४ मंसिर २०८३, आईतवार १५:४०
भरतपुर १३ मङ्सिर । होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघको आठौँ अधिवेशन आइतबार विद्यालयमा सम्पन्न भएको छ । अधिवेशनले विष्णुभक्त न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिका सदस्यहरुमा धनबहादुर कार्की, वीरबहादुर न्यौपाने, लिला खरेल कंडेल, मुकुन्द सुवेदी, शिवप्रसाद अधिकारी, सीता सुवेदी, लक्ष्मी सुवेदी अधिकारी, सिर्जना गैरे निर्वाचित हुनुभएको छ ।
होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेगनाथ गैरे, विद्यालयका प्रचार्य मीनराज बस्ताकोटी, अभिभावक संघका सदस्य जयनारायण सापकोटा, अभिभावक शिवप्रसाद अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आठौँ अधिवेशनबाट निर्वाचित विष्णुभक्त न्यौपानेले विद्यालय र अभिभावकहरु बिचमा समन्वय गराइ विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न अनवरत रुपमा लागिरहने प्रतिवद्धता जाहेर गर्दै विद्यार्थीहरुको शैक्षिक विकास गर्नको लागि अभिभावक र शिक्षकले साझा भावना लिएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।