खेलकुद

क्रिकेट रंगशाला निर्माण : पछि हट्यो फाउण्डेशन, स्वामित्व लिन महानगरलाई अनुरोध
-न्युजभित्तो

चितवन, ५ पुस । तामझामका साथ निर्माण शुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशनले हात उठाएको छ । उसले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । ठूलो धनराशीको रंगशाला निर्माणको जिम्मा...

साफ यू–१९ महिला फुटबल : नेपालले आज भारतको सामना गर्दै
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ । शीर्ष...

ला लिगामा इल्चेमाथि बार्सिलोनाको जित
-न्युजभित्तो

काठमाडौँ, ४ पुस  । स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथि ३–२ गोलअन्तरको जित हासिल गरेको छ । नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेपनि...

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख
-न्युजभित्तो

कास्की, ३ पुस  । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल...

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट
-न्युजभित्तो

बैतडी, २ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा,...

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने
-न्युजभित्तो

काठमाडौँ, २ पुस । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार...

साफ यू-१९ महिला च्याम्पियन्सिप : नेपाल र श्रीलंका आज खेल्दै
-न्युजभित्तो

काठमाडौं,२९ मंसिर। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग...

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले...

नर्विच सिटीमाथि युनाईटेडको कठिन जित
-न्युजभित्तो

काठमाडौं, २६ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले नर्विच सिटीमाथि कठिन जित निकालेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई १–० ले हराएको हो । युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरे । खेलको ७५ औं मिनेटमा युनाईटेडले पेनाल्टीको...

नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट
-न्युजभित्तो

पाँचथर, २३ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक...