सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

  चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १०:२७ 
  •  

    चितवन, १९ पुस ।  चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् ।

    सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताउनुभयो । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् । ती टिम वि डिभिजनमा झर्ने छन् । ३६ सेमीफाइनल र फाइनल गरी ३९ खेल हुने उहाँले बताउनुभयो । हरेक समूहको शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश हुनेछन् । प्रतियोगितामा १३ टिम सहभागी हुने छन् । हरेक वर्ष हँुदै आएको प्रतियोगिता कोभिड महामारीका कारण गत वर्ष हुन सकेको थिएन । विजेताले नगद रु एक लाख र ट्रफी, मेडल प्राप्त गर्नेछन् । उपविजेताले रु ५० हजार नगद र ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

    तेस्रो र चौथो हुने टिमले समान रु २५ हजार नगद प्राप्त गर्नेछन् । हरेक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु एक हजार, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई समान रु पाँच हजार नगदसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता पूरा गर्न करिब रु सात लाख खर्च लाग्ने जनाइएको छ । स्थानीय प्रायोजक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आर्थिक सहयोग गरेका छन् ।

    सहभागी टिममा साविक विजेता सौराहा युवा समाज सौराहासहित माडी–११ माडी, एभरेस्ट क्लब चितवन, गीतानगर व्वाइज क्लब, नारायणगढ फुटबल क्लब एनएफसी, हर्दी युवा समाज भण्डारा, नारायणी मोटर्स युनिक क्लब वसेनी, एष्ट्रल युथ सोसाइटी चोकबजार, नारायणी फुटबल क्लब, पानस युवा क्लब कृष्णपुर, केविए ग्लोबल भरतपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.