सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १६:४५ 
  • काठमाडौँ, १६ पुस । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

    दिनेश हेन्जनको पासमा एपीएफका चार डिफेन्डर र गोलकिपरलाई छलाउँदै कार्कीले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो तर आर्मीको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६७ औँ मिनेटमा एपिएफका बिकी तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कप्तान नवीन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्ड बलमा गोल गरेका हुन् ।

    यो बराबरी खेलसँगै आर्मीले सात खेलमा ११ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको चौँथो स्थानमा छ । समान खेल खेलको एपीएफले ६ अङ्क जोड्दै अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.