सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने


  •    न्युजभित्तो/११ पुष २०७८, आईतवार १४:४५ 
  • कावासोती, ११ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए ।नवलपरासीपूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडौँ, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उहाँले बताए । प्रतियोगिताको फाइनल खेल भने पुस २४ गते हुने जनाइएको छ । प्रतियोगितामा विजेता हुने टिमले रु एक लाख र उपविजेता हुने टिमले रु ५१ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब रु छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उनले जानकारी दिए।

    जिल्लामा राष्ट्रियस्तरको खेल गर्दा खेलले यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पुनले बताए । “राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताले खेलसँगै पर्यटनलाई समेत जोड्ने अपेक्षा छ, देशका विभिन्न स्थानबाट आउने खेलाडीमार्फत जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउँछ”, उनले भने, “खेललाई जिल्ला चिनाउने थलोका रूपमा समेत प्रतियोगितालाई लिएका छौँ ।”-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.