दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
न्युजभित्तो/१७ आश्विन २०८३, शनिबार १४:३१
हेटौँडा, १७ असोज । बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष गिरबहादुर तामाङ (ज्ञानुजंग तामाङ) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सहभागी भई पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले उचित पुरस्कारको व्यवस्था गरेको बताउनुभएको हो ।
हेटौँडामा शनिबार आयोजित प्रदेश खेलकुद विकास परिषद्को २६औँ विस्तारित बोर्ड बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले खेलाडीको प्रोत्साहन र मनोबल बढाउन पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रदेश सरकारले प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई एक लाख रुपैयाँ, रजत पदक विजेतालाई ७५ हजार रुपैयाँ र कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरेको उहाँले बताउनुभयो । मन्त्री तामाङले हालै बागमती प्रदेशको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण खेलकुद क्षेत्र र खेलाडीसमेत प्रभावित भएको उल्लेख गर्दै विपद्का कारण उत्पन्न शोकलाई शक्तिमा बदल्दै खेल क्षेत्रमा परिणाममुखी उपलब्धि हासिल गर्न परिषद्का सदस्य तथा खेलाडीलाई आग्रह गर्नुभयो ।
उहाँले खेलाडीको सुरक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको सुरक्षासम्बन्धी कार्यविधि निर्माण गरी स्वीकृतसमेत गरिसकेको जानकारी दिनुभयो । खेलाडीले सुरक्षित वातावरणमा प्रतियोगितामा सहभागी हुने अवस्था सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको उहाँको भनाइ थियो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ । प्रतियोगितामा विभिन्न ३२ खेल समावेश हुनेछन् ।
प्रतियोगितामा बागमती प्रदेशबाट खेलाडी तथा अफिसियल गरी ७८२ जनाको सहभागिता रहने बताइएको छ । तीमध्ये ६५६ जना खेलाडी रहनेछन् । प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताका लागि खेलाडी छनोट, प्रशिक्षण, व्यवस्थापन तथा आवश्यक तयारी अघि बढाइरहेको छ ।
बोर्ड बैठकमा प्रदेशको खेलकुद क्षेत्रको अवस्था, आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको सहभागिता, खेलाडीको तयारी, सुरक्षा, व्यवस्थापन तथा पदक प्राप्तिका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो ।
मन्त्री तामाङले प्रदेशको खेलकुद विकासलाई संस्थागत गर्दै खेलाडीको क्षमता विकास, प्रशिक्षण र आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रियस्तरका प्रतियोगितामा बागमती प्रदेशका खेलाडीको सहभागिता मात्र नभई उल्लेख्य उपलब्धि हासिल हुने गरी तयारी गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।