सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता


  •    न्युजभित्तो/११ पुष २०७८, आईतवार १६:०८ 
  • चितवन, ११ पुस  । उद्योग वाणिज्य सङ्घ रत्ननगरले आयोजना गर्न लागेको रत्ननगर महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

    राष्ट्रियस्तरका क्लबको सहभागितामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, आयोजक टिमलगायत ८ टिमको सहभागिता रहने छ । महोत्सवको आकर्षणको रुपमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दर्शकलाई फरक स्वाद दिनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।” रत्ननगर महोत्सव यही पुस २७ देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ । सोही महोत्सव स्थलभित्र माघ ३ गतेदेखि चार दिन भलिबल प्रतियोगिता हुने खेलकूद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताउनुभयो ।

    उहाँका अनुसार प्रतियोगिता लिगचरणमा हुनेछ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख, तृतीय हुनेले ५० हजार र चौथो हुने टोलीले २० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

    प्रतियोगिताले महोत्सवमा दर्शकको सङ्ख्या वृद्धि हुने आयोजकको अपेक्षा रहेको छ । रत्ननगर महोत्सव हरेक दुई वर्षमा हुने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.