सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न


  •    न्युजभित्तो/१८ आश्विन २०८३, आईतवार ०८:३० 
  • चितवन, १८ असोज । नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष एवं वागमती प्रदेश सभापति ऋषिराम पौडेले विशेष अतिथि रहनु भएको थियो ।

    नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारीले संचालन गर्नु भएको कार्यक्रम विशेष अतिथि पौडेलले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो भने उपसभापति तेजेन्द्र बहादुर खड्काले अस्पताल र कार्यक्रमको बारेमा जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै विशेष अतिथि पौडेलले नेपाल नेत्रज्योति संघ नितान्त सामाजिक संस्था भएको हुँदा सामाजिक भावनाले काम गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल नेत्रज्योति संघ चितवनद्वारा संचालित भरतपुर आँखा अस्पताल एक उदाहारणीय र सफल कार्यक्रम भएको उहाँले बताउनु भयो । भरतपुर आँखा अस्पतालले मुलुका मध्य भागमा पर्ने ३ वटा प्रदेशमा आँखाको स्वास्थ्य सेवा दिँदै आएको बताउँदै उहाँले आगामी दिनमा अझ सेवा विस्तारको आवश्यकता औंल्याउनु भयो । त्यसको लागि नेपाल नेत्रज्योति संघ केन्द्रीय समिति र बागमती प्रदेश समिति आवश्यक सहयोग र सहजिकरणको लागि तयार रहेको प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो ।

    यसैगरी कार्यक्रमका सम्मानित व्यक्तित्व तथा विशेष अतिथि इश्वरपुर नगरपालिका सर्लाहिका प्रमुख मनोज आचार्यले इश्वरपुर आँखा उपचार केन्द्रमा डाक्टरको सेवा, आवास र पिउने पानीको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । इश्वरपुर आँखा उपचार केन्द्रले हालसम्म २५ हजार भन्दा बढी बिरामीलाई सेवा दिएको उहाँले जानकारी दिनु भयो ।

    सोहि कार्यक्रममा भरतपुर आँखा अस्पतालको प्रगति प्रतिवेदन समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिद्धार्थलाल चेकेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका पुर्व सभापतिहरुको तर्फबाट वामदेव खनाल, संस्थापकहरुको तर्फवाट महेन्द्रलाल प्रधान, भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैसी, नेपाल नेत्रज्योति संघ चितवनका आजिवन सदस्य भोजराज कौडेल, तोयानाथ भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.