सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन


  •    न्युजभित्तो/१५ आश्विन २०८३, बिहीबार ०९:५० 
  • चितवन, १५ असोजः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको भन्ने गुनासो पछि छानबिन गर्न समिति गठन गरिएको छ । विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो ।

    विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको उल्लेख छ ।

    समितिमा कृषि सङ्कायका सहायक डीन (प्रशासन) डा कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका सहायक डीन (प्रशासन) राजेन्द्र बस्याल र सहप्रशासक सहदेव चौधरी सदस्य रहनुभएको छ । कर्मचारी प्रशासन महाशाखाका कामु उपप्रशासक दिनेश अधिकारी सदस्य सचिव रहनुभएको छ ।

    समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए÷गरेका गतिविधिबारे छानबिन गर्ने पत्रमा उल्लेख छ ।

    त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ ।

    समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी तीन महिनाभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनेछ । विसं २०६९ मा स्थापना भएको यस विश्वविद्यालयमा प्राध्यापक कर्मचारी गरी ७७१ जना छन् । जसमध्ये १७२ जना प्राध्यापन र ५९९ जना कर्मचारी रहेका छन् । तीमध्ये प्राध्यापनतर्फका ४० जना र कर्मचारी २५ जना बिदामा रहेको रजिष्ट्रार सिंहले जानकारी दिनुभयो ।

    उहाँहरु र यसअघि बिदा लिएकाहरुले बिदाको सही उपयोग गरे÷नगरेकोसमेत अध्ययन गरी प्रतिवेदन तयारका लागि समिति बनाइएको उहाँले बताउनुभयो । यसअघि बिदामा गएर नआएका कोही भए त्यसकोसमेत समितिले खोजी गर्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.