सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १४:०४ 
  • काठमाडौँ, १४ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिनुभएको छ । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।

    आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरेर राष्ट्रकै गौरव र प्रतिष्ठा उच्च बनाएको बताउनुभयो । उपराष्ट्रपतिले राष्ट्रको गरिमा बढाउनाका साथै नेपाल र नेपालीको शिर उँचो बनाउनुहुने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदिश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडी, टिम म्यानेजर तथा नेपाल भलिबल सङ्घका पदाधिकारीलाई बधाई दिनुभएको छ ।

    उहाँले राष्ट्रका लागि यो ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक तथा खेलाडीमा धन्यवाद ज्ञापन गर्नुभएको छ । “भलिबल हाम्रो राष्ट्रिय खेलमात्रै नभई हिमाल, पहाड र तराईका टोलटोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल पनि हो, नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधि अभूतपूर्व, अनुपम एवं प्रशंसनीय छ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

    उहाँले यस सफलताबाट देशभित्र भलिबलको लोकप्रियता अझै बढेर जानाको साथै भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी उच्च मनोबालका साथ मैदानमा उत्रने र यीभन्दा ठूला सफलता हासिल गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । प्रतियोगिताको पुरुषतर्फको खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले गरेको प्रदर्शनको पनि उपराष्ट्रपतिले प्रशंसा गर्नुभएको छ । उहाँले नेपाली भलिबल र समग्र खेलकुद क्षेत्रको विकासका लागि आफ्नो सदैव साथ रहने बताउनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.