सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट


  •    न्युजभित्तो/१५ आश्विन २०८३, बिहीबार १४:३५ 
  • काठमाडौँ, १५ असोज । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण उत्पन्न यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलिया सरकारबाट व्यक्त ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्‍याएको महत्त्वपूर्ण सहयोग, विपद् सहायता तथा विपद् सहायता टोलीको परिचालन, विशेषज्ञ जनशक्तिको सहयोग तथा आवश्यक राहत सामग्री र उपकरणको उपलब्धताका लागि विशेष धन्यवाद दिनुभयो । अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको अष्ट्रेलियाको मित्रता र ऐक्यबद्धताको महत्त्वपूर्ण अभिव्यक्ति भएको उहाँले उल्लेख गर्नुभयो । त्यस अवसरमा वाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका साथै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्यको विषयमा कुराकानी भएको थियो ।

    जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका बढ्दो जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास ‘क्षति र नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त तथा पूर्वानुमानयोग्य पहुँचको महत्त्वमा समेत प्रधानमन्त्री शाहले जोड दिनुभयो ।

    भेटमा राजदूत साइमन अन्स्र्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । साथै, उहाँले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गर्नुभएको थियो । भेटका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै विपद् व्यवस्थापन, जलवायु, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.