सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १२:२२ 
  • काठमाडौं,१० पुस । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ ।

    शनिबार बिहान भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा भने बंगलादेशले सुधारिएको खेल खेल्यो । यद्यपि नेपालले त्यसपछि बंगलादेशलाई २५-१५, २५-१७ ले हराउँदै खेल सहजै जितेको हो ।

    तीन जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३(२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

    तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ ।

    नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ ।

    ६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.