राजनीति

चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्वब्रान्च मेनेजर सिर्जना खड्का पक्राउ
-न्युजभित्तो

चितवन,२४ फाल्गुन।  चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्वब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का...

छिट्टै नयाँ सरकार बन्छ, त्यसले अर्थतन्त्र सुधार्छः गगन थापा
-न्युजभित्तो

काठमाडौं,२४ फाल्गुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले अब केही...

राष्ट्रपति निर्वाचनबारे रास्वपाले भोलि बिहीबार निर्णय लिने
-न्युजभित्तो

काठमाडौँ,२४ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान...

दुर्गा प्रसाईलाई सघाउने ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनबाट पक्राउ
-न्युजभित्तो

चितवन,२४ फाल्गुन। दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् । उनलाई हिजो (मंगलबार) जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो । थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र...

सर्वाेच्चको आदेशपछि झस्किएका प्रचण्ड पूर्वमाओवादी घटकसँग छलफल गर्दै
-न्युजभित्तो

काठमाडौँ,२३ फाल्गुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्ध कालमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको जिम्मा आफुले लिने बताएपछि सर्वाेच्च अदालतमा उनीविरुद्ध फौजदारी सम्बन्धि रिट दर्ता हुँदै छ । यसअघि दरपिठ भएको रिट दर्ता गर्न सर्वाेच्चले आदेश...

माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा जारी
-न्युजभित्तो

काठमाडौँ,२३ फाल्गुन। माओवादी धारका नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरूको संयुक्त बैठक बिहान साढे ८ बजेदेखि सुरु भएको हो । जारी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार निषेध
-न्युजभित्तो

काठमाडौँ,२२ फाल्गुन। निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि...

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ, २२ फाल्गुन। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख,...

प्रधानमन्त्रीलाई मुद्दा लगाउ नपाइने हैन मज्जाले पाइन्छ तर नियमित अदालतले हेर्न पाउँदैनः बाबुराम
-न्युजभित्तो

काठमाडौँ,२२ फाल्गुन। पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने बताएका छन् । त्यस्ता मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ले हेर्नुपर्ने उनको मत छ । आज बिहान ट्वीट गर्दै डा. भट्टराईले बहालवाला...

माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन प्रचण्डको आह्वान
-न्युजभित्तो

काठमाडौँ,२१ फाल्गुन। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै...