सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्गा प्रसाईलाई सघाउने ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनबाट पक्राउ


  •    न्युजभित्तो/२४ फाल्गुन २०७९, बुधबार १२:०२ 
  • चितवन,२४ फाल्गुन। दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् ।

    उनलाई हिजो (मंगलबार) जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो । थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए ।

    कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ । रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडेलले बताए । त्यसका लागि अभियानको सचिवालयमा छलफल भइरहेको उनको भनाई छ ।

    कालोमोसो दस्ताका संयोजक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘हिजो बेलुका सोधपुछ गरौँ, के कसो हो भनेर बुझ्नको लागि उहाँलाई ल्याएको हो । मुद्धा चल्ने जस्तो भएमा आधिकारीक रुपमा सार्वजनिक गरिहाल्छौँ’ उनले भने ।

    दुर्गा प्रसाईले चितवनको नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रमको दिन भरतपुर विमानस्थलमा कालोमोसो दस्ता घोषणा गरिएको थियो । उनिहरुले आफूहरुको पहिलो निशाना बैंक तथा वित्तिय संस्था रहेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.