सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छिट्टै नयाँ सरकार बन्छ, त्यसले अर्थतन्त्र सुधार्छः गगन थापा


  •    न्युजभित्तो/२४ फाल्गुन २०७९, बुधबार १५:३१ 
  • काठमाडौं,२४ फाल्गुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

    उनले अब केही दिनमा नयाँ सरकार बन्ने र समस्या समाधान गर्ने दाबी गरे । ‘पछिल्लो समय अर्थतन्त्रका सन्दर्भमा संसद्मा प्रधानमन्त्रीदेखि सांसदहरू समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्नतिर नलाग्ने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले समाधान गर्न सक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रमसँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद् अधिवेशनबाट नेपाल ऐनको मार्फत २२/२४ कानून सजिलै पास गर्नसक्छौं ।’

    मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको उनले बताए । थापाले नेपाली कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अघि साने प्रतिबद्धता व्यक्त गरे । अर्थतन्त्र निश्चित ढाँचा र ढर्राबाट चलिरहेको र यसलाई संरचनागत सुधार तथा उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्था रहेको उनले बताए । अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिला भइसकेको भन्दै उनले अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप संकटमा जाने बताए भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.