अन्तर्राष्ट्रिय

कोभिड–१९ : विश्वभर ८२ हजारको मृत्यु, १४ लाख ३२ हजार सङ्क्रमित, तीन लाखको उपचार (अपडेट)
-न्युजभित्तो

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट पछिल्लो अपडेटअनुसार ८२ हजार एक सय २८ जनाको मृत्यु भएको छ । तीन लाख दुई हजार तीन सय २४ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोनाभाइरसबाट हालसम्म १४ लाख ३२...

वुहानमा एघार हप्तापछि खुल्यो ‘लकडाउन’, जनजीवन सामान्य अवस्थामा फर्किदै
-न्युजभित्तो

वुहान। कोरोनाभाइरस (कोभिड–१९) को केन्द्रविन्दुका रुपमा रहेको चीनको वुहान शहरमा आजदेखि आवतजावत खुला गरिएको छ । एघार हप्ता लामो ‘लकडाउन’ पछि वुहानको जनजीवन सामान्य अवस्थामा फर्किन कोशिस गरिरहेको छ । वुहानमा गत जनवरी २३ देखि ‘लकडाउन’ गरिएको थियो । यहाँ...

बेलायती प्रधानमन्त्री जोन्सनलाई सघन उपचारकक्षमा सारियो
-न्युजभित्तो

लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना गरिनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालको सघन उपचारकक्षमा सारिएको छ । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उहाँलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचका क्रममा स्वास्थस्थिति थप...

कोरोनाभाइरस : २६ प्रतिशत सङ्क्रमित अमेरिकाका, न्यूयोर्कमा मात्रै तीन हजार पाँच सयको मृत्यु
-न्युजभित्तो

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९) बाट पछिल्लो अपडेटअनुसार १२ लाख दुई हजार पाँच सय ४६ मानिस सङ्क्रमित भएका छन् । जसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै तीन लाख ११ हजार छ सय ३५ मानिस सङ्क्रमित भएका छन्...

अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख नाघ्यो (अपडेट सहित)
"विश्वमा ४५ हजारको मृत्यु, नौ लाख भन्दा बढी सङ्क्रमित "
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वभर मृत्यु हुने मानिसको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । पछिल्लो विवरण अनुसार संसारभर नौ लाख १० हजार तीन सय ५२ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन्...

कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ महासचिव
-न्युजभित्तो

न्यूयोर्क । कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन्। उनले यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने बताएका छन्। कोरोना भाइरस महामारीको सामाजिक...

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार, पसल, खुल्यो
-न्युजभित्तो

उहान (चीन) । चीनमा कोरोना भाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । स्थानीय सरकारले हुबे...

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको बसाइँमा
-न्युजभित्तो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुग्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण...

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
-न्युजभित्तो

जेनेभा । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकांश युरोपेली...

कोरोना सङ्क्रमणबाट विश्वभरीमा २७ हजार भन्दा बढीको मृत्यु, एक लाख तेत्तीस हजारको उपचार
-न्युजभित्तो

काठमाडौँ । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी २७ हजार ३ सय ६५जनाको मृत्यु भएको छ । विश्वको जनसङ्ख्या र...