सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायती प्रधानमन्त्री जोन्सनलाई सघन उपचारकक्षमा सारियो


  •    न्युजभित्तो/२५ चैत्र २०७६, मंगलवार ०९:३१ 
  • लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना गरिनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालको सघन उपचारकक्षमा सारिएको छ । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उहाँलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उहाँलाई सोही अस्पतालको सघन उपचारकक्षमा सारिएको हो ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन गएको आइतबार साँझदेखि अस्पताल भर्ना हुनुभएको थियो ।

    विस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँको निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा हुनुहुन्थ्यो । सोमबार दिउँसोदेखि उहाँलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।

    उहाँले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गर्नुभएको छ । तर यसको अर्थ उहाँले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.