सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना सङ्क्रमणबाट विश्वभरीमा २७ हजार भन्दा बढीको मृत्यु, एक लाख तेत्तीस हजारको उपचार


  •    न्युजभित्तो/१५ चैत्र २०७६, शनिबार ०९:२४ 
  • काठमाडौँ । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी २७ हजार ३ सय ६५जनाको मृत्यु भएको छ ।

    विश्वको जनसङ्ख्या र अन्य तथ्याङ्क विश्लेषण र सार्वजनिक गर्दै आएको संस्था वर्ल्डवमिटरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संसारभरि पाँच लाख ९७ हजार दुई सय ६२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमध्ये एक लाख ३३ हजार तीन सय ६३ जना उपचारपछि घर फर्किएका छन् भने चार लाख ३६ हजार पाँच सय ३४ जना हाल उपचाररत छन् ।

    वर्ल्डवमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । https://www.worldometers.info/coronavirus/

    कोरोना भाइरस सङ्क्रमणबाट इटलीमा मात्रै नौ हजार एक सय चौतीस जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । पछिल्लो समय तीब्र रुपमा सङ्क्रमण फैलिइरहेको अमेरिकामा एक लाख चार हजार दुई सय पाँच जना कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोनाबाट अमेरिकामा एक हजार सात सय एक जनाको ज्यान गइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.